माघ २१ सिन्धुली ।
सिन्ध«ली जिल्ला को कमलामाई नगरपालिकाको लोकतान्त्रिक चौतारीमा नेकपा (क्रान्तिकारी माओबादी) सिन्धुली जिल्ला समितिको आयोजनामा राष्ट्रिय स्वाधिनताका लागि र राष्ट्रघाती एमसीसीका विरुद्ध कोणसभा सम्पन्न गरियो
कोणसभालाई सम्वोधनगर्दै मा नेकपा (क्रान्तिकारी माओबादी) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्जार्च जीवनले मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रिय स्वाधिनताको रक्षा र राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शनको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्बन्धित पार्टी कमिटीका कमरेडहरुलाई निर्देशित गर्नुका साथै सबै जनवर्गीय सङ्गठन तथा मोर्चा सहित आम देशभक्त, प्रगतिशील, जनवादी तथा वामपन्थी मित्रहरु र शुुभचिन्तकहरुलाई विशेष अनुरोध समेत गरेको थियो । साही कार्यक्रमअनुसार यो कोणसभा राखिएको भन्दै पेट्रोलियम पदार्थको मुल्यबृद्दिले जनताको ढाड सेक्ने गरेकोले तत्काल मुल्यबृद्दि फिर्ता लिन माग गर्दै लिपुलेक, लिम्पियाधुरालगायत नेपालका अन्य अतिक्रमित नेपाली भूमिका बारेमा यो सरकार किन मौन छ भन्ने उहाँले नेपाली भुमिबाट बिदेशी सेना हटाउन सरकारले कुटनैतिक तथा अन्तर्राष्ट्रिय दवाब सृजना गर्नु पर्ने माग गर्नु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर