काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीकाे आयाेजनामा सञ्चालित सात दिने नि:शुल्क आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम आज समापन गरिएकाे छ ।

संगठनकाे प्रदेश नं. ३ ले आयोजना गरेको तालिम शुक्रबार सम्पन्न गरिएको अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष तथा तीन नं. प्रदेश संयोजक शिलु न्यौपानेले जानकारी दिनु भयो ।

तालिम समापन कार्यक्रमको प्रमुख अथिति नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल हुनुहुन्थ्यो भने विशेष आतिथ्यता अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलकाे रहेकाे थियाे ।
त्यस्तै अतिथिहरुमा पार्टीका पिविएम तथा तीन नं. प्रदेश इन्चार्ज दिनेश शर्मा (सागर),अर्का पार्टी पिविएम तथा प्रदेश सचिव सुरेश श्रेष्ठलगायतका नेताहरू रहनु भएकाे थियाे ।
सो तालिममा विद्यार्थीहरूको उत्साहजनक सहभागीता रहेको थियो भने विद्यार्थीहरूले यो तालिमबाट धेरै कुरा सिकेको र केही गर्न सक्ने उत्साह जागेको समेत प्रतिकृया दिएका थिए।































