काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला समिति चितवनले जिल्लाका कृषि समस्याहरुकाे बारेमा प्रमुख जिल्ला अधिकारी(CDO) लाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनका संयाेजक प्रकाशबाबु खनाल, के .स . दिवाकर न्यौपाने , खडग बहादुर कुँवर , तिलक अधिकारी लगायतका किसान नेताहरु सहित नेकपा ( क्रान्तिकारी माओवादी ) का जिल्ला इन्चार्ज बिकास , सेक्रेटरी असोक शर्मा , देजमोका चितवन जिल्ला संयोजक बाबुराम प्यासी परियार , नारायण शर्मा बिपिनलगायतका नेताहरूको उपस्तिथिमा प्रजिअ अस्मान तामाङ समक्ष जिल्ला प्रशासन कार्यलय चितवनमा ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले आफु किसानको समस्या समाधान गर्न पहल गर्ने र सबै पक्षको सहयोगमा मात्रै प्रभावकारी ढंगले नियमन गर्न सकिने बताउनु भयो ।
उक्त ज्ञापनपत्रको बोधार्थ कृषि ज्ञान केन्द्र चितवनमा समेत बुझाएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर