काठमाडौं– चर्चित क्रान्तिकारी एवम् प्रगतिवादी कवि बलराम तिमिल्सिना नेकपा (क्रान्तिकारी माओवादी)मा समाहित हुनुभएको छ । मंगलवार भक्तबहादुर स्मृति प्रतिष्ठानले इच्छुक सास्कृतिक प्रतिष्ठानमा आयोजना गरेको १० औं स्मृति सभाको सन्र्दभमा उहाँले आफू पुरानै घरमा फर्किएको उदघोष गर्नुभएको हो ।
साथै तिमिल्सनाले एक बक्तब्य जारी गर्दै बामपन्थी, प्रगतिशित,देशभक्त तथा जनतान्त्रिक शक्तिबीच धुब्रीकरणको आवश्यकता औल्याउनुभएको छ । उहाँलाई क्रान्तिकारी माओवादी महासचिव मोहन बैद्य किरण, स्थायी समिति सदस्य सिपी गजुरेल गौरवले स्वागत गर्नुभएको थियो । कार्यक्रममा महासचिव किरणले क्रान्तिकारी धुब्रीकरणका कार्यक्रमलाई देशैभर लैजाने क्रममा तिमिल्सिना धुब्रीकृत हुनुलाई सकारात्मक रुपमा पार्टीले ग्रहण गर्ने उल्लेख गर्दै अब क्रान्तिकारीहरु गोलबद्ध हुने बताउनुभयो ।






























