May be an image of 7 people, people sitting, people standing and indoor

काठमाण्डौ . – क्रान्तिकारी पत्रकार महासंघले देशैभर संगठन सुदृढ तथा विस्तार अभियान संचालन गर्ने भएको छ । क्रान्तिकारी पत्रकार महासंघको काठमाण्डौस्थितमा ईच्छुक सांस्कृतिक प्रतिष्ठान सम्पन्न केन्द्रीय समिति बैठकले चैत्र मसान्त सम्म प्रदेश र जिल्लाका भेला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

हार्दिक शुभकामना !

बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले वर्तमान अवस्थामा जनपक्षीय पत्रकारहरुको भुमिका झन बढेर गएको बताउनुभयो । उहाँले संसदवादी हावा हुन्डरीका बीच क्रान्तिकारी पत्रकारहरुले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा कलम चलाएको भन्दै एमसीसीका बिरुद्ध देशभक्तहरु एकजुट हुने समय आएको बताउनुभयो ।

बैठकले राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै तीन महिने कार्ययोजना पास गरेको अध्यक्ष नारायण पंगेनीेले जानकारी दिनुभयो । त्यस्तै बैठकले कार्यबिभाजन समेत हेरफेर गरेको छ । जस अनुसार प्रदेश १ ंसंयोजकमा मधुकर थापा , बाग्मतीमा सचिव रणसुर महतरा , उपत्यका प्रदेश समितिमा सागर श्रेष्ठ , गण्डकीमा उपाध्यक्ष रामकुमार श्रेष्ठ , लुम्बिनीमा उपाध्यक्ष दामोदर खनाल र सुदुरपश्चिममा कोषाध्यक्ष धनन्जय अवस्थीलाई संयोजकको भुमिका दिएको छ ।

बैठकबाट मिडियामा बढ्दो अपारदर्शी बैदेशिक लगानीका बिरुद्ध र श्रमजिवी पत्रकार एंव साना लगानीमा संचालित संचारमाध्यमको पक्षमा संर्घषका कार्यक्रम तय गरिएको महासचिव रवि पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर