सितयुद्दको समाप्तिका झण्डै ३० बर्ष एकछत्र राज गरेको अमेरिकी साम्राज्यवाद अर्थात एक ध्रुबिय बिश्व अब क्रमशः बहुध्रुबिय हुदैछ । कतिपय मानिसले भनेझैं आजको युग चौथो औधोगिक क्रान्तिको युग र प्रबिधिको युग मात्रै नभएर मुलतःसाम्राज्यबाद र सर्वाहारा क्रान्तीको युगको रुपमा परिभाषित गर्नु सान्दर्भिक हुन्छ । बर्तमान बिश्वमा विकसित हुँदै गैरहेका परिघटनालाई हामिले प्रबिधि र बस्तु उत्पादनको तिब्रता र बजारिकरणका निम्ति गरिने प्रतिस्पर्धाका आधारमा मात्रै होइन बरु सस्तोश्रम–कच्चापदार्थको लुटका साथै एकाधिकारका निम्ति गरिने हिंसात्मक कार्वाहीको चरीत्र बुझ्न तलका निम्त तथ्यहरुमा समेत आधारित भएर छोटो टिप्पणी गर्नु सान्दर्भिक हुन्छ ।
१) आतंकबाद बिरोधि युद्धका नाममा २०बर्ष देखि अफगानिस्तान कब्जा गरेर बसेको अमेरिकी साम्राज्यवाद अन्ततः आफ्नो सेना फिर्ता गर्न बाध्य भएको छ । युद्धको बाहाना जे भनिए पनि अफगानिस्तानको प्राकृतिक साधन श्रोत कब्जा गर्ने र सो देशमा आफ्नो कठपुतली सरकार स्थापना गर्ने अमेरिकी नितिकै निरन्तरताको रूपमा अमेरिकीहरू आएको र सो देशको साधन श्रोतको लूट र त्यसका निम्ति गरिएको लगानीको प्रतिफल संतोषजनक नहुनुको परिणामस्वरूप आफ्ना कठपुतलीहरुको बिल्लिबाठ र भागाभाग बनाउदै अमेरिकीहरू फर्किनुले साम्राज्यवादको लाभहानिको हिसाबको साथै पराजयको पनि द्धोतक हो ।
२) अमेरिका,अस्ट्रेलिया र बेलायत बिच आर्टिफिसियल इन्टेलिजेन्स,क्वाण्टम टेक्नोलोजी र साइबर सँग सम्बन्धित सम्झौता “ओकस“(ब्ग्प्ग्क्) सम्पन्न गरेका छन । चीनको बढ्दो दवाबको सामना गर्न भनेर गरिएको यो तृदेशिय सम्झौताले परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुल्ला गरिदिएको छ र अष्ट्रेलियाको सैन्य शक्तिको वृद्धिमा यसले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।
यो सम्झौता पछि फ्रान्ससँग अस्ट्रेलियाले गरेको ५०अर्ब अष्ट्रेलियन डलर बराबरको १२ वटा पनडुब्बी खरिद गर्ने २०१६ को सम्झौता समेत रद्द गरेको छ ।
चीनले भने यो सम्झौताको बिरोध गरेको छ र यसलाई सितयुद्द कालिन मानसिकता भनेको छ । साथै तियानम्यान स्क्वायरमा भएको एक कार्यक्रममा बोल्दै चीनियाँ राष्ट्रपतीले बिदेशी शक्तिले धम्क्याउन खोजे तिनको टाउकोमा प्राहर हुने बताएका छन ।
३) हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई कम गर्न वा बिस्तारित हुन नदिन अमेरिका,भारत,अष्ट्रेलिया र जापान बीचको गठबन्धन “क्वाड“को नियमित बैठक तथा छलफलले यश क्षेत्रमा बिकशित हुँदै गइरहेको प्रतिस्पर्धा र तनाब झन चर्कदै जाने कुराको संकेत गर्दछ ।
४) सन२०२१ को अन्तिम तिर अमेरिकी राष्ट्रपति जोन बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच फोन वार्ता भएको छ ।
अमेरिका र रुस बिचका आपसी चासोका साथै युक्रेनको समेत बिषयलाई लिएर झण्डै एक घण्टा लामो भएको भनिएको सो वार्तामा युक्रेनको मुद्दामा समेत बिबाद भएर एक अर्कालाई धम्की दिएको सार्वजनिक भैसकेको छ । आफ्नो सिमाना नजिक रुसि पक्षले झन्डै एक लाख सेना परिचालन गरेको बिषयलाई लिएर युक्रेनले चिन्ता जाहेर गरिरहेको बेला भएको यो वार्तामा भएको परस्पर धम्कीले उनीहरु बिचमा बढ्दै गएको भुराजनितिक स्वार्थको समेत स्पष्ट चित्र देखा पर्दछ ।
५) अन्तरसाम्राज्यवादी अंतर्विरोध चर्कदै गैरहेको अब सतहमा देखा परिसकेको छ । अमेरिकी–बेलायत ,फ्रान्स–जर्मन र चीन–रुस बैश्विक नितिका आधारित तीन ध्रुबिय बिश्व निर्माणले तिब्रता लिदै गैरहेको देखिन्छ । साथै चीन,अमेरिका र भारतिय स्वार्थ र रुचिहरुको त्रिपक्षिय तानातानको प्रभाव नेपाल लगायत दक्षिण एसियाली क्षेत्रमा समेत पर्ने र त्यसले आगामी भुराजनितीक थप जटिलता तिर नयाँ ढंगले विकसित हुदैजाने परिदृष्य बारे ध्यान दिन पर्ने देखिन्छ ।
अन्त्यमा साम्राज्यवादको विशेषता भनेको उत्पादनको केन्द्रीकरण र बिकासको उच्चतम अबस्थामा सिर्जित हुने एकाधिकार ,एकाधिकारवादी संघ मार्फत कच्चा पदार्थमाथी कब्जा,औद्योगिक र बित्तीय पुंँजी माथी केन्द्रीकरण र नियन्त्रण मार्फत सिर्जित परनिर्भरता र त्यसको बलमा गरिने दोहनका साथै बजार कब्जाका लागि सिर्जना गरिने राजनीतिक तनाब र युद्ध मुलतः युद्ध हुन । एमसीसी जस्ता परियोजना मार्फत नेपाल र भु–राजनितिक महत्त्वका मुलुकहरूमा अमेरिकी साम्राज्यवादद्वारा अगाडि सारिएका कार्यक्रम बारे गम्भीरता पुर्वक अध्ययन गर्नु भन्दा पहिले आजको पुंँजिवादले कुन स्तरमा आफ्नो गतिलाई बढाइरहेको छ र त्यसले तय गर्ने गन्तव्य बारे बिमर्श गर्नु महत्त्वपूर्ण हुन्छ
यहाँ लेनिनले परिभाषा गरे झै आजको “साम्राज्यवाद मरणासन्न पुंँजिवादको द्धोतक हो“। लुटका निम्ति गरिने अन्तर्साम्राज्यवादी प्रतिस्पर्धाका साथै सामरिक तयारी पनि हो । अतःसबैखाले साम्राज्यवादी स्वार्थपरक दाउपेचका बिरुद्ध संघर्ष गर्दै स्वाधीन,स्वतन्त्र र जनवादी क्रान्तिका कार्यभार सम्पन्न गर्ने दिशातिर अग्रसर गराउनु आजको महत्त्वपूर्ण मुद्दा बनेको छ ।