क्रान्तिकारी माओवादी काठमाडौंको पूर्वी महानगर समितिद्वारा श्रद्धाञ्जलीसभा सम्पन्न

क्रान्तिकारी माओवादी काठमाडौंको पूर्वी महानगर समितिद्वारा श्रद्धाञ्जलीसभा सम्पन्न

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का काठमाडौं जिल्ला सदस्य तथा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका जिल्ला अध्यक्ष मिनकुमार राना मगरका बुबा अर्जुन रानामगरको श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ ।


क्रान्तिकारी माओवादी काठमाडौं जिल्ला पूर्वी महानगर कमिटिको आयोजनामा सम्पन्न श्रद्धाञ्जलीसभामा पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश ३ का इन्चार्ज दिनेश शर्मा ‘सागर’ र पार्टी केस तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।


पार्टीका पूर्वी महानगर कमिटिका सदस्य पदम लामाको अध्यक्षता तथा पार्टीका प्रदेश सदस्य एवम् पूर्वी महानगर कमिटिका इन्चार्ज बोजराज श्रेष्ठले सञ्चालन गरेको श्रद्धाञ्जलीसभामा मिनकुमार रानामगरले बुबा अर्जुनबहादुर रानामगरको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो भने थापाथली सुकुम्बासी बस्तीका अध्यक्ष चन्द्रबहादुर लामाले पनि श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।


श्रद्धाञ्जलीसभामा मृतक अर्जुन रानामगरको फोटोमा माल्यार्पणसहित मौनधारण समेत गरिएको थियो । कार्यक्रम थापाथलीस्थित सुकुम्बासी टोलमा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका पीवीएमहरु पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।