
१८ पौष ललितपुर ।
अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसको बैठक देबेन्द्र धामीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा अखिल(क्रान्तिकारी) ३ नम्वर प्रर्देशका संयोजक तथा केन्द्रीय उपाध्यक्ष शीलु न्यौपाने, केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको उपस्थित रहेको थियो । अखिल (क्रान्तिकारी) विधार्थीहरुका शैक्षिक समस्या हल गर्दै तमाम विकृति विसंगति विरुद्ध अखिल (क्रान्तिकारी) उत्रने नेताहरुले बताउनु भयो ।

राष्ट्र एमसीसी विरुद्ध विद्यार्थी चुप नबस्ने र राष्ट्रिय स्वाधीनताको रक्षाकालागि विधार्थी त्याग,वलिदान दिन पछि नहट्ने जानकारी दिनु भयो । बैठकमा अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसका विधार्थी नेता, भरत रोकाय र ,मिक्कल शाहीको समेत उपस्थित रहेको थियो । बैठकले त्रिभुवन विश्वविद्यालयमा हुने हिउदे विदामा अखिल (क्रान्तिकारी) ३ नम्वर प्रदेशले ल्याउन लागेको उद्धधोषण तथा पत्रकारीता कार्यक्रम बाट विधार्थीहरु लाभान्वित हुँदै व्यक्तित्व विकास हुने जानकारी अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले जनकारी गराउनु भयो ।






























