काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले पुस २५–२९ गतेसम्म चार दिने भारत भ्रमण गर्न लागेका हुन् ।

गुजरातमा हुन लागेको एक सम्मेलनका लागि जान लागेका देउवाले नयाँ दिल्लीमा समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको स्रोतले जनाएको छ ।


देउवाको भारत भ्रमणको तयारीका लागि दिल्ली गएकी देउवा पत्नी आरजु राणाले आइतबार दिल्लीमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । चौथाइवालेले ट्विट गर्दै राणासँग भेटवार्ता भएको जनाएका छन् । गत भदौमा नेपाल भ्रमणका आएका वेला चौथाइवालेलाई राणाले प्रधानमन्त्रीनिवासमा राखी बाँधिदिएकी थिइन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी भइरहेको वेला राणाले दिल्लीमा राजनीतिक भेटवार्ता गरिरहेकी छिन् ।

भारत भ्रमणको क्रममा प्रम देउवाले भारतीय कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको नेपाली भूमि फिर्ताको विषयमा कुरा गर्नुपर्छ र कालापानीबाट भारतीय सेना हटाउनु पर्छ भन्ने आवाज सर्वत्र उठ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर