नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दाङको आयोजनामा विरोध कार्यक्रम सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दाङको आयोजनामा विरोध कार्यक्रम सम्पन्न


पुस १८ दाङ ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दाङको आयोजना बिजौरीमा चर्को शुल्क खारेजीको माग सहित एमसीसी खारेजीको विरोध कार्यक्रम गरिएको छ । उक्त सभामा बोल्दै अखिल (क्रान्तिकारी ) दाङ जिल्ला अध्यक्ष मनोज थापाले राष्ट्र र राष्ट्रियता बन्धिकी राखेर भाबिपुस्तालाई अमेरिकाको दास बनाउने परियोजना एमसीसी परियोजना सँसदबाट अनुमोदन गरि नेपालको राष्ट्र र राष्ट्रियतामा गम्भीर आच पुग्ने भएकोले यसका बिरुद्ध स्वाभिमानी बिद्यार्थी युवा नेपाली जनता सडकमा आउनपर्ने बताए । हिराको कचौरो समातेर भिख थाप्ने र भिख माग्ने नेताहरूको बिरुद्ध ससक्त बिद्रोह गर्नुपर्ने अहिलेको आबस्यकता रहेको बताउदै नेपाली जनताको ठाउकोमा जबर्जस्ती यो एमसीसी परियोजना भिडाउन अमेरिका चाहन्छ र यहाँका दलालहरु डलर डकार्न आतुर रहेको बताउनु भयो । एमसीसी जुनसुकै नामबाट नेपालमा बिकासका नाममा आएपनि अफगानिस्थानबाट लखेटिएका अमेरिकी सेना राख्ने उपयुक्त भुमि नेपाल भएको र यहाँबाट चीन, रुसा र उत्तर कोरिया समेत घेर्न रणनीतिक महत्त्वपूर्ण भुभाग भएकोले अमेरिका जसरी पनि एमसीसी सम्झौता सँसदबाट पास गराउन चाहन्छ भन्नुभयो ।
उहाँले जनता सँस्कृत मा बि बिजौरी दाङमा सिटीभिटीद्दारा अनुमति प्राप्त तीन बर्षे कृषि बालीबिज्ञानको शुल्कमा १५ % छुट सिटीभिटीले दिएको तर बिद्यालयले उक्त छुट नदिएको अधिकतम शुल्क एक लाख नब्बे हजार तोकिएकोमा बिद्यालयले दुई लाख पच्चीस हजार रुपैयाँ उठाएको हँुदा तत्काल तोकिएको रकम भन्दा बढी लिएको रकम फिर्ता गर्न र १५% छुट तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कमल वलीले बिद्यालयले बिद्यार्थीलाई दिनुपर्ने छुट % सुबिधा र सिटीभिटीले तोकेको शुल्क भन्दा बढी नलिन आग्रह गर्नुभयो । कार्यक्रम सञ्चालन जनक अधिकारीले गर्नुभएको थियो ।