चितवन । ‘राष्ट्रिय स्वाधीनताको लागि सिर्जना अभिायन’ अन्तर्गत इच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजना र अखिल नेपाल लेखक संघको सहआयोजनामा चितवनको रत्ननगरमा भएको कविता गोष्ठीमा ३४ जना स्रष्टाहरुले आफ्नो काव्यिक रचना प्रस्तुत गर्नुभएको छ ।


इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता र मोदनाथ मरहठ्ठाका सञ्चालनमा भएको कविता गोष्ठीमा राष्ट्रिय स्वाधीनताको पक्षमा स्रष्टाहरुले आफ्नो कविता प्रस्तुत गर्नुभएको थियो ।

हार्दिक शुभकामना !

देशैभरबाट जम्मा हुनुभएका ३४ जना स्रष्टाहरुले आफ्नो सिर्जना प्रस्तुत गर्नुभभएको थियो भने कार्यक्रमका अतिथि प्रा.डा.ताराकान्त पाण्डेयले काव्यिक रचनाको विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । उहाँले साहित्य र सिर्जना पनि वर्गीय हुने र जनपक्षीय तथा क्रान्तिकारी सर्जकहरुले वर्गपक्षधरता र क्रान्तिकारी स्प्रिटलाई समातेर सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले खासगरी श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको मुक्ति र स्वतन्त्रतालाई लक्षित गरी यस्ता साहित्यक तथा काव्यिक सिर्जनाहरु हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा शीला योगी, बाबुराम गिरी, अम्बिका मुडभरी, रविकिरण निर्जिव, उमेश आचार्य, रवि पाण्डेय, नारायण न्यौपाने, प्रेम कडेल, डा.चन्द्रमान बज्राचार्य, इश्वरी ओझा, पोषराज पौडेल, देवेन्द्र लम्साल, सुजिता परियार, नन्दिश अधिकारी, यज्ञबहादुर डाँगी, विष्णु न्यौपाने, माधव खनाल, पुण्य आचार्य, छायादत्त न्यौपाने, समिक्षा मरहठ्ठा, नारायण शर्मा विपिन, खनाल रेवतीरमण, पर्शुराम कोइराला, अशोक शर्मा, धनेश्वर पोखरेल, प्रकाश घिमिरे, चित्रबहादुर थारु, रोशन जनकपुरी, महादेव पोखरेल, अनिल श्रेष्ठ, पूर्णवहादुर अधिकारी, बलराम तिमिल्सिना, मित्रलाल पंज्ञानी र जगदीशचन्द्र भण्डारीले आफ्ना काव्यिक रचना वाचन गर्नुभएको थियो ।

कविता गोष्ठीमा पूर्णबहादु अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर