क्रान्तिकारी पत्रकार महासंघले ६ महिनाभित्र तेस्रो राष्ट्रिय सम्मेलन गर्ने

क्रान्तिकारी पत्रकार महासंघले ६ महिनाभित्र तेस्रो राष्ट्रिय सम्मेलन गर्ने

काठमाण्डौ ५ पौष : क्रान्तिकारी पत्रकार महासंघले ६ भित्र तेस्रो राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ । महासंघका पौष ४ गते पश्चिम नवलपरासीको बर्दघाटमा बिशेष राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्दै महासंघले उक्त जानकारी दिएको हो ।
महासंघका नवनिर्वाचित अध्यक्ष नारायण पंगेनी र महासचिव रवि पाण्डेयद्वारा जारी बक्तब्यमा भनिएको छ ‘ मिडियामा बढ्दो बैदेशिक र अपारदर्शी लगानीले नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि नै खतरा उत्पन्न गर्ने ठहर गर्दै बैठकले यसको विरोधमा सशक्त आवाज उठाउने निर्णय गरेको छ ।’