
कार्ल माक्र्सले भनेका छन् ”विज्ञानमा राजसी बाटो हुँदैन् ।” माक्र्सवाद पनि विज्ञान हो, त्यसैले सच्चा माक्र्सवादी हुनु भनेको पनि राजसी बाटोमा लाग्न खोजेर सम्भव छैन् । त्यसमा अझ जोड दिंदै उनले भनेका छन् “र तीनीहरूको लागि मात्रै चम्किलो शिखरमा चुम्न सम्भव छ, जसले नथाकिकन यसको ठाडो उकालो चढने कामदेखि डराउदैनन् ।” यसलाई अझ व्याख्या गर्दै जाँदा र सरल भाषामा उनले भनेका छन् “ सर्वहारा वर्गका क्रान्तिकारी नेताहरू जसले उनीहरूको सम्पूर्ण जीवन माक्र्सवादी सिद्धान्तको स्थापना र विकासका लागि खर्च गरे । उनीहरूको चम्किलो तथा गौरवमय उदाहरणको अनुसरण गरेर साम्यवादलाई विश्वव्यापी रूपमा प्राप्त गर्न सकिन्छ ।”
माक्र्सका यी उल्लेखित भनाइहरूले के संकेत गर्छ भने सर्वहारा वर्गको क्रान्तिकारी नेता बन्नका लागि दुई चार वर्षको या केहि दशकको त्याग, तपस्या वा वलिदान मात्रै काफी छैन् । ब्लाङ्की जो माक्र्सवादी भएनन् र माक्र्सवादका कट्टर विरोधी रहे तर जसको त्याग, तपस्या वा वलिदानको स्वयम माक्र्सले मुक्त कण्ठले प्रशंसा गरेका थिए । त्यसै गरी रूस, चीन, भियतनाम तथा विश्वका अनेक देशहरूमा देश र जनताका लागि वलिदान दिनेहरूको लामो लाइन पाइन्छ तर ती सबै माक्र्सवादी थिएनन् । विश्वमा कैयौ क्रान्तिकारीहरूले क्रान्ति र परिवर्तनका लागि सहादत प्राप्त गरेका छन् भने कैयौको संख्याले क्रान्ति र परिवर्तनका विरूद्ध गद्दारी गरेका पनि छन् । त्यसकारण सर्वहारा वर्गका क्रान्तिकारी नेता बन्न प्रथम माक्र्सवादी सैद्धान्तिक हतियारको अध्ययन र त्यसमा विशेषज्ञता प्राप्त गर्नै पर्छ । द्धितीय माक्र्स, लेनिन र माओद्धारा गरिएका कार्यहरूको चम्किलो तथा गौरवमय उदाहरणको अनुसरण गर्ने कोशिस गर्नै पर्छ । त्यसैले कुनै मानव निर्मित हतियारभन्दा ठूलो हतियार माक्र्सवादी सैद्धान्तिक हतियार नै हो । अनि मात्रै माक्र्सले भनेझै साम्यवादलाई विश्वव्यापी रूपमा प्राप्त गर्न सकिन्छ ।
यो सैद्धान्तिक हतियारभित्र माक्र्स, लेनिन र माओद्धारा गरिएका कार्यहरूको गहन अध्ययन बलियो गरी जोडिएको छ । यहाँ कार्यहरू भन्न्नाले उनीहरूले देखाएका व्यवहारलाई पनि संग संगै अनुसरण गर्नु हो, दैनिक जीवनमा लागु गर्न कोशिस गर्नु हो । यसको लागि धेरै वाङगा टिङगा मोडहरू, विजय र हारहरूकाबीचबाट अघि बढनु आवश्यक छ, जवसम्म विश्वका जनताले फेरी फेरी मानवजातीमा लगाएका जंजीरहरूलाई एक पटक र सदाका लागि ध्वस्त पादैनन् । वितेका शताव्दीहरूमा उदिएमान पुँजीवादी वर्गले सामन्तवादका विरूद्ध धेरै क्रान्तिहरू सञ्चालन गरेको थियो र जवसम्म विजय गरेन्, वारम्वार उसले हार खानु परेको थियो ।
पुँजीवादी वर्गले गर्ने क्रान्ति र सर्वहारावर्गले गर्ने क्रान्तिको मौलिक भिन्नता भनेको सर्वहारा वर्ग जो इतिहासमा पहिलो क्रान्तिकारी वर्ग मानिन्छ, जसको उद्येश्य क्रान्तिद्धारा एउटा शोषकवर्गको ठाउमा अर्को शोषक वर्ग स्थापित गर्ने होइन् । शोषकवर्गका र शोषणका सबै रूपहरूको अन्त्य यसको लक्ष हो । त्यसकारण समाजवादी देश निर्माणको अभियानमा लागेका कम्युनिष्टहरू जहाँ सबै निर्णयहरूको लागि आधार “जनताको सेवा गर” भन्ने मानिन्छ तर तिनै कम्युनिष्टहरू “धनी वन्नु गौरवको विषय ” भन्ने तर्फ आकर्षित हुन थाल्दछन्, अनि कम्युनिष्ट पार्टीभित्र पुँजीवादी पन्थीहरूको बोलवाला नभए के हुन्छ ? जब एउटा कम्युनिष्ट पार्टीभित्र पुँजीवादी पन्थीहरूको बोलवाला बढदै जान्छ अनि व्यक्तिगत सुख सुविधा, मोजमस्ति, विलासिताको जीवन, धनको र सम्पत्तिको लागि मरिहत्ते गर्ने प्रवृति बढन थाल्नुमा कुनै अचम्म मान्नै पदैन् । किनभने धनी वन्नु उनीहरूका लागि गौरवको विषय वन्न जान्छ अनि जनताको सेवा गर भन्ने उनीहरूको लागि असान्दर्भिक विषय वन्न जान्छ । र श्रमजीवी वर्ग, जसको सैद्धान्तिक नेतृत्व स्विकार गर्ने कुरा हामी गर्छौ तर स्वयम श्रमजीवी वर्ग कम्युनिष्ट पार्टीभित्रै वेखवर वन्दै जान्छ । यस्तो पार्टीले र त्यसका नेताले क्रान्तिका कुरा गर्नु माक्र्सवादप्रति, सर्वहारावर्गप्रति र सर्वहारावर्गीय क्रान्तिप्रति विश्वासघात नै हो ।
जव सर्वहारावर्गीय क्रान्तिप्रति विश्वासघात हुन थाल्दछ, अनि श्रमजीवी वर्ग जव कम्युनिष्ट पार्टीभित्रै वेखवर वन्दै जान्छ । यस्तो गैर सर्वहारावर्गीय चिन्तन र प्रवृति भएका नेताहरू सत्तामा जानु वा नजानुमा श्रमजीवी वर्ग र किसानहरूका लागि खासै फरक अनुभूति रहदैन् । श्रमजीवी वर्ग समाजको मालिक बन्ने कुरा उनीहरूका लागि भाषणमा मात्रै सिमित वन्न थाल्छ । उनीहरू सत्तामा गएता पनि श्रमजीवी वर्ग आफ्नो मातहतको प्रशासनीक सत्ताका सबै(सम्भव भए जति पनि) तहमा उनीहरूलाई भर्ना गर्ने र देशको भविश्य कता लैजाने भन्ने निर्णय गर्नेबारे, अध्यन गर्दा, बहस र छलफलगर्दा महत्व दिने गरिदैन् । किसानहरू झनझन गरीव वन्दै जाने , अपहेलित वन्दै जाने, करको भारीले दवाइनु र भएको जग्गा जमिन पनि हडपिदै जानु । शहरको विकासमा गाउँवस्तिका स्रोत साधनको अपहरण हुँदै जानु । मध्यमवर्ग कमजोर वन्दै जानु , अर्थपूर्ण जिवनबाट वेदखल वन्दै जानु । पार्टीभित्र र बाहिरका फोहोरी धनीहरू रमाउदै जानु यस्तो सरकारको लक्ष्यण हो ।
१९७६मा माओको मृत्युपछि जव चीनमा प्रतिक्रान्ति भयो र सर्वहारा सांस्कृतिक क्रान्तिका नेता तथा समर्थकहरूमाथि दमन हुन थाल्यो अनि चीनीयाँ क्रान्तिकारीहरूले उनीहरूको अन्तिम लडाइका दौरानमा भनेका थिए“ अहिले आफूलाई कम्युनिष्ट भन्नेहरूले ‘सास्कृतिक क्रान्तिका ज्यादतीहरू’ भन्ने गर्दछन् । तर अहिले चीनमा जे जसरी पुँजीवादको विकास भइरहेको छ, त्यसले के सिद्ध गर्दछ भने कम्युनिष्ट पार्टीभित्रका पुँजीवादी पन्थीहरूको जोड जे जसरी हुन्छ, समाजवादको अन्त्य गरी पुँजीवादको स्थापना थियो जसका लागि ‘सास्कृतिक क्रान्ति एउटा वाधक वनेर आएको थियो ।” जसरी चाइनीज क्रान्तिकारीहरूले उनीहरूको अन्तिम लडाइका दौरानमा भनेका थिए, अहिले सावित भएको छ । त्यसैगरी नेपालका कम्युनिष्टहरूमध्ये केहीले शान्ति र संविधानलाई नेपालको जनवादी क्रान्तिका आधारभूमि तयार गर्नका लागि एउटा जादुगरी हतियार भनेर भनि रहेका छन्, त्यसका पछाडिको वास्तविकता के थियो भन्ने पत्ता पाउन नेपाली जनताले पनि चीनमा जस्तै लामो समयको प्रतिक्षा गर्नै पर्दैन् ।
माओले सांस्कृतिक क्रान्ति सुरू गर्दा प्रष्ट देखेका थिए कि सोभियत संघ र चीनमा पनि कम्युनिष्ट पार्टीभित्र नयाँ पुँजीवादी वर्गको उदय भइरहेको थियो । तिनीहरूको लागि, अव उनीहरू शक्ति र सत्तामा थिए, क्रान्ति अव घेरै टाडाको विषय वन्दै गएको थियो । पार्टीभित्रका यीनै भावि अधिपति तथा सामन्तबाट क्रान्ति अगाडि बढन सकिरहेको छैन् भन्नेमा माओ विश्वस्त थिए । त्यसकारण माओले पार्टीका माथिल्लो नेतृत्वका विरूद्ध पार्टी सदस्यहरू र जनतालाई “हेडक्वार्टरमाथि बमवार्ड गर” भनेर आव्हान गरे । यो आव्हानद्धारा उनले चीनलाई पुँजीवादी बाटो तर्फ लैजान कोशिसगरिरहेका ती पार्टी नेताहरूको आलोचना गर्दै र तिनलाई सत्ताच्युत गर्दै, समाजवादी नयाँ कार्यहरूको निर्माण गर्ने पहलकदमी लिन चाहन्थे । किनभने माओको लागि चीनीया समाजलाई क्रान्तिकारी दिशामा अगाडि बढाउनु थियो । यसको लागि माओले माक्र्सवादको गहिरो अध्यन गर्न र त्यसलाई गहिरो गरि बुझ्न आम पार्टी पङक्तिलाई आवहान गरेका थिए । ताकि माक्र्सवाद र संशोधनवादबीचको भिन्नताबारे उनीहरूले राम्ररी बुझ्न सकुन र समाज सञ्चालनमा महत्वपुर्ण भुमिका खेल्न कैयौ सख्यामा जनतालाई लगाउन सकियोस ।
त्यसका लागि माओले “क्रान्तिभित्र क्रान्ति”भन्ने विश्व कम्युनिष्ट आन्दोलनमा त्यो भन्दा अघि कहिल्यै नसोचिएको अभियानको सञ्चालन गर्नु प¥यो । जव पार्टी एउटा अत्यन्त जोखिमपुर्ण अवस्थामा थियो र यसका केही नेताहरूलाई सत्ताच्युत गर्नु थियो, सर्वहारा क्रान्तिको कठिन संघर्षहरूलाई मार्गनिर्देशन गरिनुपर्ने खाँचो थियो र सश्लेषणको आवश्यकता थियो र यसकै दौरानमा पार्टीलाई पुनर्निमाणको आवश्यकता थियो, अथवा यसो नगरेमा पुँजीवादी बाटोमा लागेकाहरूको यात्रालाई रोक्न सकिने अवस्था थिएन् । त्यसका लागि माओका अगाडि “चौतर्फिरूपमा र तलैबाट सत्ता खोस्ने” अभियानलाई तेज पार्नुको विकल्प थिएन् ।
विश्व कम्युनिष्ट आन्दोलनले के सिकाएको छ भने समाजवादी समाजमा सबैभन्दा महत्वपूर्ण टक्कर आफ्नै पार्टीभित्रका नयाँ बुजुवाजीका इच्छाहरू प्रतिनिधित्व गर्ने नीतिहरू र विचारहरू प्रोत्साहन गर्नेहरूकाबीचमा र सर्वहारावर्गका, श्रमिकवर्गका प्रतिनिधिहरू जसले विश्वभरका जनताबीचका सबै सम्वन्धहरूलाई क्रान्तिकारीकरण नगरीकन आफैलाई स्वतन्त्र गराउन सकिदैन् भन्नेका बिचमा हुन्छ । यो पार्टीभित्रका दुई राजनीतिक र वैचारिक लाइनहरूबीच, दुई आपसमा टक्करभइरहेका विश्वदृष्टिकोण र लक्ष्यहरू, रणनीतिहरू र नीतिहरू जसले समाजलाई विपरित दिशातीर लैजान्छ । परिणाम पार्टी स्वयम आन्तरिक संघर्षमा केन्द्रीत वन्न जान्छ ।
माओले आफ्नो मृत्युभन्दा केहि अगाडि भनेका थिए “ तिमीले समाजवादी क्रान्ति गरिरहेका छौ र तै पनि तिमीलाई थाहा छैन् वुर्जुवाजिज कहाँ छ । यो कम्युनिष्ट पार्टीभित्रै छ, ती अहिले सत्तामा छन् जसले पुँजीवादी बाटो लिइरहेका छन् । नेपालको सन्दर्भमा पनि ढिलो चाडो यो स्पष्ट वन्दै गएकोछ कि आखिरमा सत्तामा बसेकाहरूले क्रान्तिका कुरा जति गरे पनि कालान्तरमा क्रान्ति विरोधी मार्गतर्फ नै अगाडि बढीरहेका छन्, जसलाई रोक्नु क्रान्तिकारीहरुको महान कतृव्य बनेको छ । यो काम केवल माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा मात्रै सम्भव छ ।
जगपगmकष्लनजद्दण्ज्ञद्द२थबजयय।अयm