क्रान्तिकारी युवा लिग, डडेलधुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

क्रान्तिकारी युवा लिग, डडेलधुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

डडेल्धुरा । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले अध्यक्ष प्रेम बहादुर बोहरा, उपाध्य कालु नाथ, सचिव करण थापा मगर, सहसचिव सुरेश साउद, कोषाध्यक्ष सुनिता बुढायल र सदस्यहरुमा श्याम साउद, पदम गिरी, भुवनसिंह बोगटी, गोपाल साह, एसडी मदई, कमल विक, जिएस मदई, सुरेश पन्त, रोशन नाथ रहेको जिल्ला किमिटि निर्वाचित गरेको छ ।

क्रान्तिकारी युवा लिग नेपालका नेता लालकिरणको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा पार्टीका जिल्ला सेक्रेटरी धरातल, देजमो नेपालका अध्यक्ष बहादुर चाढ, सचिवालय सदस्य निरन्तर लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।