पुष्पा गिरी
नवलपरासी : नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल (क्रान्तिकारी) राष्ट्रघाती एमसीसी सम्झौता बारे बिद्यालय कलेजमा बिद्यार्थी सचेतना अभियान गर्दै पश्चिम नवलपरासीमा संगठन विस्तार शुरु गरेको छ ।
संगठनले दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२ चिसापानीमा गठन विस्तार गरेको हो । अखिल (क्रान्तिकारी)ले अर्जुन भुषालको अध्यक्षतामा ११ सदस्सीय ईकाइ समिति गठन गरेको लुम्बिनी प्रदेश सदस्य मनोज थापाले जानकारी दिनुभयो । ईकाई समितिको उपाध्यक्ष अन्जु भट्टराई , सचिव ईशा ढेगा मगर सहसचिव अर्चना सारुमगर , कोषाध्यक्ष उमेर चौधरी सदस्यहरु पुष्पकमल गिरी , सुशील अधिकारी , टेकनारायण चौधरी , समीक्षा खत्री , संगिता खत्री , जनक पुरी रहनुभएको छ ।































