क्रान्तिकारी पत्रकार महासंघको बिशेष राष्ट्रिय भेला भब्य रुपमा सम्पन्न

क्रान्तिकारी पत्रकार महासंघको बिशेष राष्ट्रिय भेला भब्य रुपमा सम्पन्न

लक्ष्मी घिमिरे/पुष्पा गिरी
नवलपरासी : जनपक्षीय एंव क्रान्तिकारी पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासंघको बिशेष राष्ट्रिय भेलाले नारायण पंगेनीको अध्यक्षतामा २१ सदस्सीय केन्द्रीय समिति निर्वाचित गरेको छ।

पश्चिम नवलपरासीको बर्दघाटमा सम्पन्न भेलाले समितिको उपाध्यक्षद्वयमा रामकुमार श्रेष्ठ र दामोदर खनाललाई निर्वाचित गरेको छ ।

त्यस्तै महासचिवमा  रवि पाण्डेय सचिवद्वयमा रनसुर महतरा र अनु निरौला निर्वाचित हुनुभएको हो । कोषाध्यक्षमा धनञ्जय अवस्थी निर्वाचन हुनुभएको नवनिर्वाचित अध्यक्ष पंगेनीले जानकारी दिनुभयो ।

त्यस्तै समितिको सदस्यहरुमा सागर श्रेष्ठ, बिष्णु आले, कुमार भट्टराई, केशव अविरल, प्रेम कण्डेल , मधुकर थापा ,प्रदीप श्रेष्ठ,आयुष न्यौपाने लगायत निर्वाचित हुनुभएको छ । भेला उद्घाटनसत्रमा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको रक्षाका लागि जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बरिष्ठ पत्रकार एंव महासंघका सल्लाहकार समिति संयोजक हिरामणी दु:खीले बिग मिडियाहरुले जनताको पक्षमा कुनै पनि मुद्धा नउठाउने बताउनुभयो ।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का अर्का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
प्रथम राष्ट्रिय सम्मेलन पछिको बिशेष भेलामा अध्यक्ष ईन्द्र राउतको प्रतिबेदन परिमार्जन सहित पारित गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघको गतबर्षको निर्वाचनमा बिजयी हुनेहरुलाई सम्मान समेत गरिएको थियो ।
भेलाले ६ महिनाभित्र प्रदेश र जिल्लाका भेला सम्मेलन सम्पन्न गरेर दोस्रो राष्ट्रिय सम्मेलन गर्न म्यान्डेट लिएको छ । महासंघले भेला सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको जनाइएको छ ।