चितवन । एमसीसी सम्झौता खारेजीको माग गर्दै मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), त्रिमुल नेपाल पार्टी , नेकपा(ऋषि कट्टेल) लगायत १३ वटा राजनैतिक पार्टीको आयोजनामा आज गरिएको चितवन बन्दको क्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकाशलगायत १४ जनतालाई प्रहरीले गिरफ्तार गरेको छ ।


थप पक्राउ पक्राउ पर्नेमा अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष सुरेश गौतम, क्रान्तिकारी माओवादीका सेक्रेटरी अशोक शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरी, नेकपा मालेका ओम डल्लाकोटी, क्रान्तिकारी माओवादी का प्रकाश ढकाल, बद्री अधिकारी, विद्यार्थी अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला अध्यक्ष कृष्ण सुनार, नेकपा विप्लव जिल्ला ईन्चार्ज सन्देश पौडेल लगायत १४ जना रहेका छन् ।

बन्दको क्रममा बजार, कलकारखाना, शैक्षिक संस्था, उद्योग लगायत पूर्ण रुपमा बन्द रहेको एमसीसी सम्झौता खारेजी संघर्ष समितिका संयोजक फणीन्द्र आचार्यले बताए ।

यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समिति र प्रदेश ३ को समितिले छुट्टाछुट्टै वक्तव्य जारी गरी प्रहरी दमन र गिरफ्तारीको घोर विरोध गर्दै सबै गिरफ्तार नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको जोडदार माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर