एमसीसी खारेजी आन्दोलनमाथिको प्रहरी दमन र गिरफ्तारीको क्रान्तिकारी माओवादीले ग¥यो घोर निन्दा र भत्र्सना, गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न जोडदार माग

एमसीसी खारेजी आन्दोलनमाथिको प्रहरी दमन र गिरफ्तारीको क्रान्तिकारी माओवादीले ग¥यो घोर निन्दा र भत्र्सना, गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न जोडदार माग


काठमाडौं । एमसीसी खारेजीको एक सूत्रीय माग राखी क्रान्तिकारी माओवादीसहित आठ ओटा कम्युनिस्ट पार्टीहरुले आज आह्वान गरेको चितवन बन्द कार्यक्रमको क्रममा बन्दलाई सफल पार्न शान्तिपूर्ण रुपमा जनतालाई आह्वान गर्दै हिडेका पार्टीका चितवन जिल्ला सक्रेटरी क. अशोक शर्मा, पूर्व विद्यार्थी नेता सुरेश गौतम र कृष्ण सुनार, अमर बहादुर थापा लगायत अन्य पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरुलाई समेत पुलिस प्रशासनले विभिन्न ठाउँबाट अन्धाधुन्द गिरफ्तार गरेको उल्लेख गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले प्रहरी दमन र गिरफ्तारीको घोर निन्दा एवम् भत्र्सना गरेको छ र गिरफ्तार नेता कार्यकर्तालाई अविलम्ब रिहाइका लागि जोडदार माग गरेको छ ।

पार्टी प्रवक्ता प्रतीकले जारी गरेको वक्तव्यमा आज २०७८ मङ्सिर २८ गते विहान करिव ६ः१५ बजे पार्टीका केन्द्रीय समितिका सदस्य कमरेड घननाथ सापकोटालाई चितवन जिल्लाको नारायणगढ सडकमा एक्लै हिँडिरहँदा देउवा नेतृत्वको गठबन्धन सरकारले गिरफ्तार गरी अहिले वडा प्रहरी कार्यालय पुल्चोकमा बन्दी बनाएको समेत उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “यो गिरफ्तारी नेपाली दलाल शासकहरु अमेरिकी साम्राज्यवाद र एमसीसी परियोजनाका विरुद्ध बढिरहेको जनसमर्थनबाट कति धेरै आतङ्कित रहेछन् भन्ने कुराको एउटा गतिलो प्रमाण हो । हाम्रो पार्टी राष्ट्रघाती एमसीसी संझौताका विरुद्ध खडा भएका देशभक्त नेपाली जनतामाथि गरिएको सरकारी दमन र गिरफ्तारीको घोर निन्दा तथा भत्र्सना गर्दछ र गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ । साथै, राष्ट्रघाती एमसीसी परियोजना खारेजीका लागि जोडदार आवाज उठाउन हाम्रो पार्टी सम्पूर्ण देशभक्त नेपालीलाई आह्वान गर्दछ ।”