क्रान्तिकारी माओवादीलगायत ७ वटा राजनीतिक संगठनको चितवनमा संयुक्त विरोध प्रदर्शन सम्पन्न

क्रान्तिकारी माओवादीलगायत ७ वटा राजनीतिक संगठनको चितवनमा संयुक्त विरोध प्रदर्शन सम्पन्न

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), ऋषि कट्टेल नेतृत्वको नेकपा र राष्ट्रिय जनसरोकार मञ्चको संयुक्त आयोजनामा आज जुलुससहितको विरोध प्रदर्शन सम्पन्न भएको नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा चिवतन इन्चार्ज विकासले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ बजे चितवनको नारायणघाटबाट निस्किएको नाराजुलुससहितको विरोध प्रर्दशन पुलचोकको लाइन्स चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभालाई आयोजक पार्टी तथा संगठनका नेताहरुले सम्बोधन गरेका थिए ।

वक्ताहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न, कालापानी क्षेत्रको जनगणना गर्न र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गरेका थिए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी अशोक शार्मा, नेकपा (माले)का केस भगवती घिमिरे, राजमोका चितवन अध्यक्ष डम्बर पुरी, जनसरोकार मञ्चका फडिन्द्रराज आचार्य, नेकपा (ऋषि कट्टे) बद्री अधिकारी लगायतले विरोध मन्तव्य राख्नुभएको थियो ।
विरोध सभाको सञ्चालन नेकपा (मसाल)का चितवन प्रवक्ता मेघराज ढकालले सञ्चालन गर्नुभएको थियो ।