काठमाडौं । संयक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै चन्दा उठाएको रकम नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् ।


विभिन्न पार्टीका ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाडौंको रत्नपार्कको शान्तिबाटिकामा एक एक रुपैयाँ चन्दा उठाएका थिए ।

उठाइएको चन्दा आज संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले नेपाल आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि कार्यालयको मूल गेटमा राखेर फर्किएका छन् ।

आफूहरू आउने थाहा पाएपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल पहिले नै भागिसकेका र अरू कर्मचारीलाई बुझाउन खोज्दा उनीहरूले नलिएपछि चन्दाको रकम निगमको कार्यालयको गेटमा राखेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो ।

विद्यार्थीले निगमको गेट अगाडि नाराबाजी गर्न थालेपछि प्रहरी र विद्यार्थीबिच केही बेर ठेला ठेल भएको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि जहिलेसम्म फिर्ता हुँदैन त्यति बेलासम्म आफूहरूको आन्दोलन चलिरहने अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार