ठुला र बलिया भनिने विस्तारवादी र साम्राज्यवादी रास्ट्रहरुले आफ्ना दलालहरु मार्फत् साना र कमजोर तर स्वतन्त्र र सार्वभौम सम्पन्न रास्ट्रको चिरहरण गर्नको निम्ति प्राय संसदलाई प्रयोग गर्ने गरेको देखिन्छ । त्यसबारे धेरै टाढा गैरहनुपर्दैन नजिकैको सिक्किमलाई हेरे पुग्छ । भारतीय विस्तारवादले आफ्नो दलाल काजी लेन्डुप दोर्जेमार्फत् संसदमा बहुमतको नौटंकी गरेर एउटा स्वतन्त्र सार्वभौम सम्पन्न रास्ट्र सिक्किमलाई सरलक्कै निल्यो ।

रास्ट्रघाती एमसीसी सम्झौताका पक्षधरहरुले आफ्नो स्थिति थप मजबुत बनाउनका निम्ति उक्त सम्झौतालाई संसदमा लगेर नेपालको कानुन सरह नै हुनेगरी संसदबाट अनुमोदन गर्ने तयारी गरिरहेको कसैसंग छिपेको कुरा होईन । यो अवस्थामा सांसदहरुको भूमिका अवस्य पनि अत्यन्तै महत्वपूर्ण हुन्छ । ठिक यहि परिस्थितिमा नै जनताका प्रतिनिधि भनिने सांसदहरुलाई आम जनताले देश र जनताको पक्षमा बिद्रोह गर्न खबरदारी गर्नु स्वभाविक हो ।

हार्दिक शुभकामना !

यद्यपि देश र जनताको मुक्तिको सवालमा हामीले संसदीय ब्यबस्था, त्यस अन्तर्गतको संसद र सांसदलाई बिस्वास गर्दैनौ । तथापि सांसदहरुलाई देश र जनताको पक्षमा बिद्रोह गर्नको निम्ति दवाव दिने तथा खरदारी गर्ने जनताका आन्दोलनको नेतृत्व गर्न पनि हामी क्रान्तिकारीहरु पछाडी पर्दैनौ । यहि पृष्ठभूमिमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) काठमाडौँ जिल्ला समितिले काठमाडौँ जिल्लाका दश वटै निर्वाचन क्षेत्र वाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रक्रिया वाट प्रतिनिधि सभामा निर्वाचित सबै सांसदहरु तथा रास्ट्रियसभा र प्रदेशसभामा काठमाडौँ जिल्ला वाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाई एमसिसीको बिरुद्धमा बोल्न, ब्यापक जनमत तयार गर्न र त्यसको बिपक्षमा मतदान गर्नका निम्ति ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सुनिस्चित गरेको थियो ।

पार्टीको निर्णय अनुसार कार्तिक १० गतेदेखि हामीले हाम्रो कार्यक्रम सुरु गर्नुपर्ने थियो । त्यसको निम्ति आवस्यक तयारीको निम्ति केहिदिन अघि देखिनै जुटियो । अभियानको निम्ति हामीले दुई प्रकारको तयारी गर्नु पर्दथ्यो जसअनुसार पहिलो आन्तरिक तयारी र दोस्रो बाहिरी तयारी । आन्तरिक तयारी अन्तर्गत हामीले पहिलो ः एमसीसी सम्बन्धि हाम्रा ज्ञानलाई बढाउनु पर्दथ्यो । दोस्रो ः अभियानको निम्ति निश्चित टिम निर्माण गर्नुपर्दथ्यो । तेस्रो ः टिमलाई दैनिक खाना,खाजाको निम्ति आर्थिक ब्यबस्थापन गर्नु पर्दथ्यो । चौथो ः सांसदहरुको विवरण संकलन गर्नुपर्दथ्यो । पाचौ ः ध्यानाकर्षण पत्र तयार गर्नुपर्दथ्यो । त्यसको निम्ति हामीले स्वअध्यन द्वारा एमसीसी सम्बन्धि हाम्रा ज्ञानको भण्डारलाई ठुलो बनाउन प्रयत्न ग–यौ । त्यसपछि जिल्लामा कार्यरत प्रदेश सदस्य ÷सल्लाहकारहरु, नगर, ईलाका र बिशेष कमिटीका ईन्चार्ज÷सेक्रेटरीहरु,जिल्ला जवस÷मोर्चाका प्रमुखहरू रहेको २० जनाको एउटा पूर्णकालीन मुख्य टिम र त्यो मुख्य टिमलाई सपोर्ट गर्ने सहायक टिम को निर्माण ग¥यौ । जुन ईलाकामा अभियान पुग्छ त्यो ईलाकामा कार्यरत जिल्ला सदस्यहरुको टिमले मुख्य टिमलाई सपोर्ट गर्ने गरि सहायक टिमहरु तयार ग¥यौ । त्यसैगरी हामीले आवस्यक आर्थिक तयारी पनि पुरा ग¥यौ । काठमाडौँ जिल्लाबाट तीन वटै संसद (रास्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा) मा प्रतिनिधित्व गर्ने सबै ६१ जना सांसदहरुको विवरण संकलन ग¥यौ । साथै सांसदहरुलाई बुझाउने ध्यानाकर्षण पत्र पनि तयार ग¥यौ ।

आन्तरिक तयारी पुरा गरे पश्चात हामी बाहिरी तयारी पुरा गर्न तिर लाग्यौ । अभियानको निम्ति हाम्रो बाहिरी तयारी थियो सांसदहरुसंग सम्पर्क गरेर उहाहरुसंग भेट्ने मिति, समय र स्थान ठोस गर्नु र ती स्थानहरुको लोकेशन अध्यन गर्नु । आन्तरिक तयारी अत्यन्तै सहज ढंगले पुरा गरेका हामीलाई बाहिरि तयारी पुरा गर्न निक्कै गा¥हो भयो । पहिलो ः सांसदहरुको फोन न उठने, दोस्रो ः सांसदहरुले समय नदिने अनेक बहाना गर्ने, तेस्रो ः सांसदहरु आतंकित हुने, चौथो ः सांसदहरुले निर्लज्ज ढंगले ढाट्ने । यी कारणहरुले गर्दा हामीलाई अभियानको बाहिरी तयारी पुरा गर्न फलामको च्युरा चपाउनु जस्तै भयो ।

हामीले सोचेका थियौ सांसदहरुलाई भेट्न गाह्रो हुनेछैन । ४ दिनमा काठमाडौँका सबै सांसदहरुलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन सकिन्छ । सोहीअनुसार नै हामीले कार्तिक १० गते देखि १३ गते सम्मलाई यो कामको निम्ति समय छुत्याएका थियौ । तर तयारीको क्रममा अर्थात सांसदहरु संग सम्पर्कको क्रममा हामीले बुझ्यौ सांसदहरुलाई भेट्न त्यति सहज छैन रहेछ । देशको एउटा जिम्मेवार राजनैतिक पार्टीको संस्थागत निर्णय अनुसार उक्त पार्टीका जिम्मेवार र सचेत नेता कार्यकर्ताहरुको टिम ले एउटा महत्वपूर्ण रास्ट्रिय एजेन्डामा आफ्नो जिल्लाका सांसदहरुलाई भेट्न यति मुस्किल हुदोरहेछ भने सहजै अनुमान गर्न सकिन्छ दुर दराजका गाउ बस्तीका अशिक्षित र अचेत भोका,नाङ्गा जनताले आफ्नै प्रतिनिधि भनिएका सांसदहरुलाई कसरी भेटिरहेका छन होला ? सायद नेपालमै होला जनताले चुनेर पठाएको भनिएका सांसद ( कथित जनप्रतिनिधि ) हरुलाई जनताले केवल १५ मिनेट भेट्नलाई यति मुस्किल हुने । तथापि हामि अभियानमा निक्लियौ ।

कार्तिक १० गते देखिको अभियानको निम्ति सांसदहरुको समय ब्यबस्थापनको लागि हामीले उहाहरु संग कार्तिक ७ गते देखि नै सम्पर्क गरेका थियौ । पहिलो दिन कार्तिक १० गतेको निम्ति निक्कै गाह्रो गरि हामीले ६ जना सांसदहरु भीमसेनदास प्रधान, दिव्यमणि राज भण्डारी, रामबिर मानान्धर, मुकुन्द न्यौपाने, मायादेवी न्यौपाने र बिना कुमारी श्रेष्ठ संग समय मिलायौ । उक्त दिन बिहान ८ बजे सांसद रामबिर मानान्धरले बालाजु बाईपास स्थित आफ्नै निवासमा हामीसंग भेटघाट गर्नुभयो । अत्यन्तै सहज ढंगले समय दिनुभएका सांसद मानान्धरले आफ्नो निजि कार्यालयमा हामीलाई न्यानो स्वागत गर्नुभयो । बिहानीको चिसोमा सांसद मानान्धरको तातो चियाले शरीर तताउदै हामीले हाम्रा कुराकानी सुरु ग¥यौ । सुरुदेखिनै निरन्तर आफ्ना कुरा राख्या राख्यै गर्नुभएका सांसद मानान्धरलाई हामीसंग समय एकदमै थोरै भएको जानाकारी ग–यौ र बिषय प्रवेश गर्न अनुमति माग्यौ । किनकि हामी ८ बजे उहाको कार्यालयमा छिरेका थियौ । उता होटेल यल्लो प्यागोडा जमलमा ८ ः३० मा सांसद भीमसेनदास प्रधान संग भेट्ने समय मिलाइएको थियो । सुरुमा उहाको माग अनुसार हामीले हाम्रो टिम को परिचय दियौ । त्यसपछि सामान्य भूमिका सहित हामीले ध्यानाकर्षण पत्र उहालाई बुझायौ । निक्कै सरल र सहज देखिने सांसद मानान्धरले ध्यानाकर्षण पत्र बुझ्दै हाम्रो अभियान प्रति एक्यबद्दता जनाउनुभयो । उहाँले एमसीसीको प्रसंगमा सधै देश र जनताको पक्षमा रहने प्रतिवद्धता जनाउनुभयो । देश र जनता प्रतिको आफ्नो जिम्मेवारीमा सचेत देखिनुभएकोमा खुशी प्रकट गर्दै सहज ढंगले समय दिनुभएकोमा सांसद रामबिर मानान्धर लाई हार्दिक धन्यवाद ब्यक्त गर्दै हाम्रो टिम उहाको कार्यालय बात निस्कियो ।

हामी हतार हतारमा होटेल यल्लो प्यागोडा, जमल पुग्यौ । त्याहाँ पुग्दा ८ः४५ भएको रहेछ । हामीले हाम्रा साधनहरुलाई होटेल यल्लो प्यागोडाको भूमिगत पार्किंग स्थलमा राखेर सांसद भीमसेनदास प्रधानलाई फोन ग–यौ । सांसद प्रधानले मेरो अर्को काम प–यो त्यसकारण आज म आउन सकेन भोलि ८ ः३० मा त्यही ठाउमा भेटौ तपाईलाई मैले म्यासेज गरेको थिए नि ? भन्नु भयो । हुन्छ भन्दै फोन काटेर मैले मेरो म्यासेज बक्स हेरें । आज समय मिलेन भोलि ८ः३० मा सोहि ठाउमा भेटौ भनेर ८ः२७ मा उहाको म्यासेज आएको रहेछ म मोटर साईकलमा भएकोले थाहा भएन । भेट्ने निर्धारित समय भन्दा ३ मिनेट अघि मात्र एकपक्षिय ढंगले कार्यक्रम रद्ध गर्दा अर्को पक्षलाई त्यसको असर त पर्नेनै भयो । तर ठिकैछ कहिलेकाही त्यस्तो भैहाल्छ भनेर हामीले सांसद भीमसेनदास प्रधानलाई भोलि नै भेट्ने सल्लाह ग–यौ र हामी मंडीखाटार तिर लाग्यौ ।

९ ः३० मा मंडीखाटार स्थित आफ्नै निवासमा सांसद दिव्यमणि राजभण्डारीलाई भेट्ने हाम्रो योजना बनेकोथियो । सांसद राजभण्डारीले सुरुमा त भेट्न हिच्किचाउनु भएको थियो र उहा भन्दै हुनुहुन्थ्यो भीमसेनदास प्रधान या गगन थापा मध्य कुनै एकजना सहित भेटौ । तर पछि उहाले आफ्नै निवासमा एकल भेट गर्न सकिने जानाकारी गर्नुभयो र सोहि अनुसार योजना निर्माण भएको थियो । सांसद राजभण्डारीले दिनुभएको लोकेशन अनुसारनै हामी मंडीखाटार स्थित सुजाता कोईरालाको घर अगाडी पुगेर उहालाई फोन गरियो । सुजाता कोईरालाको घर संगै जोडीयर निक्कै फराकिलो कम्पाउण्ड सहित बनेको आलिशान महल नै उहाको निवास रहेछ । गेट खोल्न र बन्द गर्न कै निम्ति चौकीदार राखिएको रहेछ । गेट निर नै चौकीदार घर (पालेघर ) पनि बनेको रहेछ । करिव २० मिनेटको पर्खाई पश्चात गेट खोलेर पाले दाईले हामीलाई कम्पाउण्ड भित्र प्रवेश गर्ने अनुमति दिए ।

हामी गेट भित्र प्रवेश गरेर तिन कदम मात्र हिडेका थियौ सांसद राजभण्डारी हामीलाई भेट्न त्यही आईपुग्नुभयो । हामीले शोचेका थियौ कतै बसेर कुराकानी गरिनेछ तर सांसद ज्युले त्यही उभिएर नै कुरा सुरु गर्नुभयो । हाम्रो टिमलाई उहाले ठट्यौलीमा भन्नुभयो यति ठुलो टिम किन ? यति धेरै युवाहरु कहिँ कतै रोजगारीमा लागेमा देशलाई राम्रो हुनेथियो । हामीले ठ्त्यौलिमै जवाफ दियौ हामी देश र जनता कै काममा लागिरहेका छौ माननीय ज्यु । हामीले ध्यानाकर्षण पत्र बुझायौ तत्पश्चात सांसद राजभण्डारीले भन्नुभयो एमसिसीमा केहि त्यस्ता खतरनाक बुंदाहरु छन जसले राष्ट्र र जनताको हित गर्दैन त्यसलाई सच्याउनुपर्दछ । फोनमा कुरा हुदा उहाले हाम्रो पार्टीका नेता स्थाई कमिटिका सदस्य कमरेड गौरव संग एमसीसीको सवल र दुर्वल पक्षको वारेमा कुराकानी भैरहेको बताउनु भएकोथियो सोहिकुरा भेटघाटमा पनि दोहो–याउनुभयो । राष्ट्रहितको निम्ति कामगर्ने तपाईहरुको स्प्रिट सह्रानीय छ उहाले थप्नुभयो । हामीले उहासंग बिबाद गर्नु आवस्यक ठानेनौ एमसीसी सच्याउने भन्दापनि खारेजीको निम्ति तपाईले संसद भित्र लड्नु प–यो हामी सडक बात तपाईलाई साथ् दिन्छौ भन्यौ उहाँ खिस्स हास्नु भयो मात्र, बोल्नुभएन । अन्त्यमा हामीले ध्यानाकर्षण पत्र बुझेको हस्ताक्षर गर्न आग्रह ग–यौ ,उहाले मान्नुभएन । उहाले हास्दै भन्नुभयो ध्यानाकर्षण पत्र बुझेको फोटो खिच्नुस त्यही हुन्छ प्रमाण । हामीले फोटो खिच्यौ र समय दिएकोमा धेरै धेरै धन्यवाद भन्दै उहासंग बिदा भयौ । सांसद राजभण्डारी संग बिदा हुदा करिव ११ बजेको थियो त्यसकारण हाम्रो टिम ले खाना खाने निधो ग–यो । सुकेधारामा खाना खादै उक्त दिनको निम्ति समय लिएका सांसदहरु संग सम्पर्क गर्ने प्रयास गरियो । तर दुख्खको कुरा कुनै सांसदहरुले हाम्रो फोन उठाउनु भएन । सांसदहरु मुकुन्द न्यौपाने ,मायादेवी न्यौपाने,बिना कुमारी श्रेष्ठ कसैको फोन उठेन । अर्को दिन पनि हामीले फोन ग–यौ तर उहाहरुको फोन उठेन ।

अभियानको दोस्रोदिन ११ गतेका निम्ति हामीले ५ जना सांसदहरु भीमसेनदास प्रधान,कृष्ण गोपाल श्रेष्ठ, कृष्ण कुमार राई ,अञ्जना विशंखे,सरिता न्यौपाने संग समय मिलायका थियौ । अघिल्लो दिन सांसद भीमसेनदास प्रधानले अचानक भेटघाट कार्यक्रम रद्ध गरेको कारण आज हाम्रो तर्फबाट भएको कमजोरीको कारण फेरि कार्यक्रम रद्ध नहोस भनेर हामी सचेत थियौ । त्यसैले हाम्रो टिम बिहान ७ः३० बजे नै जमल चोकमा केन्द्रित भयो । ८ः ३० मा होटेल यल्लो प्यागोडामा भेटघाटको समय निर्धारण गरिएकोहुदा हाम्रो टिम ८ः१५ मा होटेल यल्लो प्यागोडा पुग्यो । निर्धारित समय ८ः३० मा सांसद प्रधान आउनु भएन । ८ः ४० सम्म पनि उहा नआउनुभय पश्चात हामीले उहालाई फोन ग–यौ तर उहाले फोन उठाउनु भएन । ९ बजे सम्म हामीले फेरिपनि फोन ग–यौ फेरिपनि उहाको फोन उठेन ।

बरु एउटा रमाईलो प्रसंग थपियो त्याहा । साधा पोशाकका प्रहरीहरुले हाम्रो निगरानी गरिरहेको हामीले संकेत पायौ । शंका लागे पश्चात एकजनालाई किन याहा आएको भनेर सोध्यौ उसले केहि कुरा बतायो । उसले भन्यो तपाईहरुले सांसद भीमसेनदास प्रधानलाई एमसीसी सम्बन्धि ध्यानाकर्षण पत्र बुझाउदै हुनुहुन्छ भन्नेकुराको जानाकारी भएको कारण मलाई अफिसले पठाएको । हामीले फेरि सोध्यौ तपाइको अफिसले कसरी जानाकारी पायो ? उसले भन्यो त्यो त मलाई थाहा हुदैन । उसले थप भन्यो तपाई हरु त चिनेकै मान्छे हो नि । हामीले पनि काठमाडौँमा कार्यरत केहि साधा पोशाक वालाहरु लाई त चिनेकै थियौ तर उनि नचिनेका परेछन ।

सांसद प्रधानले फेरि घात गरेको अनुभूति गर्दै हामी ९ः१५ मा थानकोट तिर लाग्यौ । थानकोटमा हामीले सांसद अञ्जना विशंखेलाई भेट्यौ । उहाले हामीलाई अत्यन्तै सहज ढंगले समय उपलव्ध गराउनुभयो । सांसद प्रधानको कारण हामीलाई उहाले १ घण्टा कुर्नु प–यो र पनि उहाले कुनै अप्ठ्यारो महसुश गरेको देखिएन । हामीसंग उहाले अत्यन्तै हार्दिकता र आत्मियता प्रदर्शन गर्नुभयो । हाम्रो अभियानलाई अत्यन्तै सकारात्मक काम भन्दै संसद् वाट हामी कुनैपनि हालतमा एमसीसी पारित हुन् दिदैनौ भनेर हामीलाई थप उत्साहित बनाउनुभयो । हामीले एमसिसीको बिरुद्ध तपाईहरु सदनमा लड़नुस हामी सडकमा लड्छौ यो लडाई तपाई हामी मिलेर जित्नुपर्दछ भन्यौ । उहा संग बिदा भएर हाम्रो टिमले कुपन्डोल पुगेर खाना खायो । खाना खाएर हाम्रो टिम बानेस्वर चोक तिर लाग्यो । बानेस्वर चोकको एउटा क्याफेमा हामीले पहिले सांसद सरिता न्यौपाने र त्यसपछि सांसद कृष्ण राईलाई अलग अलग भेट्यौ । उहाहरु दुवै जनाले हाम्रो अभियानको सह्राना गर्दै संसद् वाट एमसीसी पारित नहुने कुराको ठोकुवा गर्नुभयो । हामीले भन्यौ तपाईहरुले एउटा सांसद मात्र होईन देश भक्त सांसदको परिचय दिनुपर्ने वेला आएकोछ । हामीलाई पूर्ण रुपमा आशाछ तपाईहरुले आफुलाई एउटा देशभक्त सांसदको रुपमा देश र जनताका बिच उभ्याउनुहुनेछ ।

सांसद कृष्ण राई संग छलफल चलिरहेकै वेला सांसद जीवनराम श्रेष्ठले हामीलाई फोन गर्नुभयो । बिहान उहाले १ः४५ मा बानेस्वर स्थित संसद भवनको गेट निर भेटौला भन्नु भएको थियो । उहाको शोच सायद गेटमा पर्चा लिनदिन जस्तो गरौ भन्ने थियो । हामीलाई त्यसोगर्नु राम्रो लागिरहेको थिएन । फोनमा हामीले हामि बसिरहेको क्याफेको नाम भन्यौ जो संसद भवनको गेटको ठिक अगाडी थियो । साथै सांसद कृष्ण राई पनि हाम्रै साथमा हुनुभएको जानाकारी ग–यौ । उहाले बिचमै फोन काट्नु भयो । सांसद राई संगको बसाई पछि अर्थात १५ मिनेट पछि हामीले उहालाई फोन ग–यौ तर उहाको फोन उठेन । बरु सांसद जीवनराम श्रेष्ठले हामीलाई भेट्न दिएको समय र स्थानमा एउटा पुलिस भ्यान र बर्दिधारी एक दर्जन प्रहरीहरु देख्यौ । ति प्रहरीहरु र पुलिस भ्यान हाम्रै निम्ति आएको भन्नेकुरा हामीले सजिलै बुझ्द्थ्यौ । त्यसकारण हामीले हामि हाम्रो काममा ढुक्क संग लाग्ने दमन गर्न आए प्रतिरोध गर्ने सल्लाह ग–यौ । सांसद श्रेष्ठलाई पुनः फोन गरियो उठेन । त्यसपछि हामि क्याफे वाट निक्लियौ बर्दिधारी प्रहरीहरुको आमनेसामने हुदै हामि हाम्रो पार्टी कार्यालय कुपन्डोल तिर लाग्यौ । अर्कोदिन १२ गते बिहान सांसद श्रेष्ठलाइ पुन ः फोन गरिया,े उहाको फोन उठेन ।

त्यहि दिन साँझ ४ बजे हामीले एमाले जिल्ला कार्यालय चावहिलमा सांसद कृष्ण गोपाल श्रेष्ठलाई भेट्यौ । भव्य भवनको चौथो तल्लामा उहाहरुको ब्यबस्थित कार्यालय रहेछ । कार्यालयको एकजना स्टाफ रमाईलो स्वभावको हुनुहुदोरहेछ । उहालाई भेटेर हामीले आफ्नो कामवारे जानाकारी ग–यौ । हामिले ‘नो एमसीसी’ लेखेको रातो टिसर्ट लगाएका थियौ । हामीलाई बैठक कोठामा लिएर जाने क्रममा ठट्टा गर्दै उहाले भन्नुभयो यो एमसीसी भन्ने शव्द हामीलाई देख्न पनि मन लाग्दैन तपाईहरुले देखाई दिनुभयो खै के खै के ? हामीले पनि ठट्टा गर्दै जवाफमा लौ राम्रो भयो हामिलाई पनि त्यस्तै हुन्छ भन्यौ ,उहा मज्जाले हास्नुभयो । लगत्तै सांसद श्रेष्ठ आउनुभयो उहासंग अभिवादन साटासाट ग–यौ । हामीले हाम्रो टिमको परिचय दियौ । हाम्रो पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज कमरेड सरुले हाम्रो अभियानको उद्देस्य र ध्यानाकर्षण पत्र बुझाउनुको कारणवारे सम्क्षिप्तमा कुरा राख्नुभयो तत्पश्चात हामीले ध्यानाकर्षण पत्र बुझायौ । पत्र बुझ्दै सांसद श्रेष्ठले आफ्नो बिचार राख्नेक्रममा तपाईहरुको यो देशभक्तिपूर्ण स्प्रिटको अत्यन्तै सम्मान गर्दछु भन्नुभयो । साथै उहाले भन्नुभयो एमसीसी सम्बन्धि प्रस्ताव यो संसदमा आउदैन अब हुने चुनाव पछि बन्ने संसदमा मात्र एमसीसी सम्बन्धि प्रस्ताव आउन सक्दछ । त्यतिवेला मैले तपाईहरु जो याहा मलाई सचेत बनाउन आउनु भएकोछ सबैको अनुहार सम्झनेछु अनि तपाईहरुको सल्लाह बमोजिम नै देश र जनताको हितमा निर्णय गर्नेछु । माओवादी केन्द्र र मसाल नेतृत्व प्रति तिब्र असन्तुस्ति व्यक्त गर्दै हाम्रो पार्टीको सिद्दान्त र ब्यबहार बिचको तालमेल तथा नेतृत्वको कुशलता र ईमान्दारिताको लामो शब्दमा प्रसंशा गर्नुभयो । उहाले हाम्रो महासचिवको स्वास्थ्य स्थितिकोवारेमा चासो राख्नुभयो र उहाको उपचार खर्चको सम्बन्धमा हरतरहले सहयोगको निम्ति पहल गर्न चाहेको कुरा पनि व्यक्त गर्नुभयो । साथै तपाईहरु मार्फत उहालाई सिघ्र र पूर्ण स्वास्थ्यलाभको कामना सहितको संदेश पठाउन चाहन्छु भन्नुभयो ।

१३ गते बिहान हामीले सांसद राजन केसीलाई भेट्यौ । उहाले दिनुभएको लोकेशन अनुसार नै हामि उहाको निवासमै रहेको सोल्टीमोड स्थित कार्यकक्षमा पुगेर उहालाई भेट्यौ । अत्यन्तै हार्दिकता पुर्वक उहाले हामि संग भेटघाट र गफगाफ गर्नुभयो । हामीले उहालाई एमसीसी देश र जनताको पक्षमा नभएको कारण त्यसको बिरुद्धमा बिद्रोह गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझायौ । उहाले हाम्रो एमसिसीको बिरुद्ध संचालित यो अभियानको प्रशंसा गर्दै देश र जनताको अहित हुनेकाममा आफु कहिल्यै सहभागी नहुनेकुरा गर्नुभयो । सम्क्षिप्त भेटघाट पश्चात सांसद राजन केसी संग छुट्टियौ र हामी हाम्रो पार्टी कार्यालय कुपन्डोल तिर लाग्यौ ।

सांसद ईस्वर पोख्रेल संग फोन सम्पर्क हुन् सकेन । उहाको स्वकीय सचिवले समय मिलायर हामीसंग सम्पर्क गर्ने बचन दिनुभयो तर आजसम्म सम्पर्क गर्नुभएकोछैन । सांसद गगन थापा संग पहिलो पटक सम्पर्क गर्दा उहा सिन्धुपाल्चोकमा हुनुहुदोरहेछ । उहाले काठमाडौँ फर्केर हामीसंग सम्पर्क गर्नेकुरा गर्नुभयो तर तिन दिन सम्म उहाले सम्पर्क नगरे पश्चात हामीले नै उहा संग सम्पर्क गर्न खोज्यौ तर सम्पर्क हुन् सकेन । अर्को दिन हामीले सम्पर्क ग–यौ उहा बिरामी हुनुहुदोरहेछ म बिरामी भएर लडि़रहेकोछु उठे पछि म आफै सम्पर्क गर्छु भन्नुभयो । हामीले उहाको सिघ्र स्वास्थलाभको कामना गर्दै उहाको फोनको प्रतिक्षा गर्ने कुरा ग–यौ । तर आज सम्म हामीलाई उहा वाट सम्पर्क भएकोछैन । सांसद प्रकाशमान शिंह संग पनि सिधा सम्पर्क हुनसकेन । उहाको स्वकीय सचिवले समय मिलाएर हामीलाई सम्पर्क गर्ने कुरा गर्नुभयो तर सम्पर्क गर्नुभएन । सांसद माधव नेपालको पनि त्यस्तै भयो उहाको स्वकीय सचिवले पनि हामीलाई सम्पर्क गर्ने उधारो बचन दिनुभयो । सांसद मायादेवी न्यौपानेले सम्पर्कको क्रममा आफ्नो पार्टी एमालेले एमसिसीको वारेमा कुनैपनि गतिबिधि नगर्न निर्देशन दिएकोकारण हामीसंग भेट्न नसक्ने जानाकारी गर्नुभयो । सांसद मुकुन्द न्यौपानेले भेट्ने समय र स्थान ठोस गर्नको निम्ति उहा आफैले दिएको समयमा फोन गर्दा फोन उठाउनु भएन । त्यसपछि पनि कैयौ पटक फोन गरियो तर उहाको फोन उठेन । सांसद रेनुका गुरुङ संग पहिलो पटक सम्पर्क भयो र बिषय बस्तु राखियो त्यसपछि पटक पटक सम्पर्क गर्ने प्रयास गरियो तर सम्पर्क हुनसकेन । सांसद बिना कुमारी श्रेष्ठ संग पनि त्यस्तै भयो । सांसद बिन्दा पाण्डे संग फोन संवाद भएन । उहा संग म्यासेजमा कुराकानी भयो । हामीले ध्यानाकर्षण पत्रको वारेमा जानाकारी गरायौ । उहाले आफु बिरामी भएकोकारण भेटघाट गर्न नसक्ने कुरा गर्नुभयो । सांसद सुजिता शाक्य संग सम्पर्क हुनसकेन । त्यस्तै काठमाडौँ वाट संसदमा प्रतिनिधित्व गर्दै सरकारमा पुग्नुभएका माननीय मन्त्रीहरु राजेन्द्र श्रेष्ठ,शशि श्रेष्ठ र राम कुमारी झाक्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने हाम्रो योजना पनि अधुरो नै रहयो ।

रास्ट्रियसभा,प्रतिनिधिसभा र प्रदेशसभा गरि तिनवटै संसदमा काठमाडौँ वाट प्रतिनिधित्व गर्ने सवै ६१ जना सांसदहरुलाई भेटेर ध्यानाकर्षण पत्र दिने हाम्रो अभियान हामीले निश्चित गरेको चार दिनमा असम्भव देखियो । कमसेकम प्रतिनिधिसभामा काठमाडौँ वाट प्रतिनिधित्व गर्ने २२ जना सांसदलाई मात्र ध्यानाकर्षण पत्र दिन सकिन्छ कि भनेर कोशिश ग–यौ त्यो पनि सम्भव भएन । यसको कारक माथि उल्लेख गरेका सांसदहरुका चार कारण नै रहे ।

निश्चित गरेको ४ दिनको समयावधिमा हामीले जम्मा ७ जना सांसदहरुलाई मात्र भेट्न सक्यौ । संख्याको प्रश्नमा थोरै देखियतापनि बिचार दृष्टिकोणको प्रश्नमा संसदमा प्रतिनिधित्वगर्ने सवै पार्टी हरु र तिनका सवै सांसदहरुको बिचार दृष्टिकोणको प्रतिनिधित्व ति ७ सांसदहरुले गर्दथे भन्ने हामीले अनुभूति गरेकाछौ । तथापि हामीले हाम्रो अभियानको समयावधिलाई सच्यायकाछौ र अभियानलाई समापन होईन स्थगन गर्ने निर्णय गरेकाछौ । अत ः सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने हाम्रो अभियान आवस्यकता अनुसार निरन्तर चलिरहनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर