काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले आइतबार विहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । महासंघको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले नेपाली मिडियामा अपारदर्शी रुपमा बढिरहेको विदेशी लगानीको विरोधमा आइतबार विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


‘सञ्चारमाध्यममा वैदेशिक लगानी र सञ्चालन अनुमति बन्द गर’ लेखिएको कालो ब्यानर र विभिन्न नाराहरु लेखिएका प्ले कार्डसहित विरोध प्रदर्शनको तयारी गरिएको महासंघका अध्यक्ष इन्द्र राउतले जानकारी दिनुभयो ।

हार्दिक शुभकामना !


महासंघको सम्पन्न बैठकले पौष ४ गते राष्ट्रिय भेलाको आयोजना गर्ने समेत निर्णय गरेको छ । बैठकले लिएका निर्णयहरु वक्तव्य मार्फत् सार्वजनिक गरिने पनि अध्यक्ष राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर