खाली सिलिन्डरसहित विरोध प्रदर्शन गर्दै विध्यार्थी नेताहरुले भने– आयल निगमका कार्यकारी निर्देशकलाई बर्खास्त गर !

खाली सिलिन्डरसहित विरोध प्रदर्शन गर्दै विध्यार्थी नेताहरुले भने– आयल निगमका कार्यकारी निर्देशकलाई बर्खास्त गर !

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) सहित ६ विद्यार्थी संगठनको संयुक्त आयोजनामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरिएको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरूले खाली ग्यासको सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका हुन् ।

नेकपा (विप्लव), नेकपा (मसाल), माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सम्बद्ध विद्यार्थी संगठनका विद्यार्थी नेता तथा कार्यकर्ताहरूले आयल निगमका कार्यकारी निर्देशकको बर्खास्ती, मूल्यवृद्धि फिर्ता लगायतका माग राख्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनको क्रममा उनीहरूले खाली ग्यासका सिलिन्डरमा ‘बल्न देउ मलाई’, ‘गरिब जनताको घरमा म कसरी बल्ने’ जस्ता सांकेतिक नारा लेखेर सरकारको विरोध जनाएका थिए । साथै केही वद्यार्थी प्रदर्शनकारीले थाल ठटाउँदै नाराबाजीसमेत गरेका थिए ।