अन्धा हो किन ल्याउँछौ अगतिलो सङ्कष्ट नेपालमा
फँस्दै छौ किन लोभले कपटिलो अंग्रेजको जालमा
सेना राखन दाउ हेर्छ उसले नेपाल भित्रै पसी
हाम्रा निम्ति अनिष्ट बन्छ बुझ्न सङ्कष्ट हो एम.सि.सि

देख्दैनौ ? अफगान दुर्नियतिमा विक्षिप्त सोमालिया
कस्तो हाल इराकमा छ नबुझी पार्छौं कलेजो छिया
आँट्दैछौं किन ध्वस्त पार्न धरती के अर्थ हो खुद्खुशी
हाम्रो निम्ति अनिष्ट दुष्ट रहला सङ्कष्ट हो एम.सि.सी

यौटाको बुटले थिच्यो नि लिपु या कालीनदीको शिर
अर्कोको बुट सोझिँदैछ अहिले लौ काठमाण्डु तिर
कस्तो बनछ भविष्य याद नगरी के मार्दछौ बुर्कुसी
पासो बन्छ भविष्यमा मुलुकको यो दुर्दशा एम.सि.सी

ती घाती कन राष्ट्रघात नगरी लाग्दैन निद्रा भने
बेलाभो अब जाउ भाँङ धतुरो ख्वाएर लठ्याउने
बेला ठिक्कछ राष्ट्रघातीहरूमा जुत्ता उपहारको
पार्नै पर्छ धुलो उठौं सब जना चाण्डाल सर्कारको

प्रतिक्रिया

सम्बन्धित खवर