काठमाडौं । एमसीसी खारेजीको एक सुत्रीय एजेण्डा बोकेर सडकमा उत्रिएको नेकपा ९क्रान्तिकारी माओवादी० पछिल्ला दिनमा दैनिक विरोध प्रदर्शनमा छ । शनिबार उपत्यकासहित दर्जनौ जिल्लामा मशाल जुलुस प्रदर्शन गरेको क्रान्तिकारी माओवादीले आइतबार नो एमसीसी, रिजेक्ट एमसीसी लेखिएका बेलुन आकाशमा उडाएर र नारा जुलुससहित कोणसभा गरेर विरोध प्रदर्शन गरेको छ ।
नो एमसीसी, रिजेक्ट एमसीसी लेखिएका बेलुनहरु आकाशमा उडिरहँदा रत्नपार्क शान्तिबाटिका, भोटाहिटी क्षेत्रमा निकालिएको विरोध जुलुसमा त्यही नारा गजुन्जिएको थियो ।
आइतबारको विरोध प्रदर्शनमा बोल्दै नेताहरूले नेपालमा एमसीसी कुनै हालतमा पास हुन नदिने दाबी गरे । नेताहरुले एमसीसी खारेज नभए प्रतिरोध संघर्षलाई थप सशक्त बनाएर लैजाने चेतावनी दिए ।
विरोध कार्यक्रमलाई क्रान्तिकारी माओवादीका नेताहरु प्रभाकिरण, प्रवेश लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन बसन्तले गर्नुभएको थियो ।
देउवा सरकारले एमसीसीका पदाधिकारीलाई बोलाएर राष्ट्घाती एमसीसी सम्झौता सदनबाट पास गर्न खोजेपछि क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत सच्चा देशभक्त, वामपन्थी तथा कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु निरन्तर रुपमा आन्दोलित हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर