
गत अगस्त ३१, २०२१ का दिन अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकी सेनाको नेतृत्वमा अफगानिस्तानमा खटिएको नेटो गठबन्धनको सेना त्यहाँबाट सबै फिर्ता आएको घोषणा गरेका छन् । २००१ देखि अफगानिस्तानमा अड्डा जमाएर बसेका अमेरिकी तथा नेटोमा आम्बद्ध राष्ट्रका सेनाहरुले ठीक २० वर्ष पछि अफगानिस्तान छाडेका हुन् । विश्वकै इतिहासमा, यो वाह्य सेनाले अर्को देशमा चलाएको सबैभन्दा लामो युद्ध हो ।
नेटोसम्बद्ध सबै सेनाहरु काबुल एयरपोर्टबाट फिर्ता भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो वक्तव्यमा भनेका छन् “म हाम्रा कमान्डरहरु र तिनीहरु अन्तर्गत सेवा गर्ने पुरुष तथा महिलाहरुलाई विना कुनै थप क्षति ३१ अगस्तको बिहान काबुलबाट योजना अनुसार नै अत्यन्त जोखिमपूर्ण पछिहटाइलाई सम्पन्न गरेकोमा धन्यवाद दिन चाहन्छु । अमेरिकाको इतिहासमा, वितेका १७ दिनमा हाम्रा सैन्य टुकडीहरुबाट १,२०,००० भन्दा ठुलो सङ्ख्यामा रहेका अमेरिकी नागरिक, हाम्रा सहयोगी देशका नागरिकहरु र अमेरिकाका अफगान सहयोगीहरुको सबैभन्दा ठुलो हवाइउद्धार भएको छ तिनीहरुले यो काम अतुलनीय साहस, व्यवसायिकता तथा सङ्कल्पसहित पूरा गरेका छन् । अब, अफगानिस्तानमा
हाम्रो २० बर्ष सम्मको सैन्य उपस्थिति सकिएको छ ।” यसरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको नेतृत्वमा परिचालित नेटोे सेनाको “बहादुरीपूर्ण” पछिहटाइको प्रशंसा गरेका छन् ।
नेटो गठबन्धनले अफगानिस्तानबाट सेना हटाएपछि त्यसबारे विभिन्न कोणबाट क्रिया प्रतिक्रिया आउने क्रम जारी छ । अमेरिका भित्रकै कुरा गर्ने हो भने सुपरपावरको दम्भ पालेर बसेका अधिकांश अमेरिकीहरुले यो परिघटनालाई अमेरिकाको लज्जास्पद पराजय ठानेका छन् । विरोधी रिपब्लिकन पार्टीका नेताहरु मात्र होइन सत्तारुढ डेमोक्रेटिक पार्टीका कतिपय नेताहरुले पनि यो परिघटनाबाट आफू निकै निराश भएको अभिव्यक्ति दिएका छन् । यसबारे रिपब्लिकन पार्टीका एकजना सिनेटरले बेन्जामिन एरिक ससेले बाइडेनले तालिबानलाई विश्वास दिएर देशको अपमान गरेको आरोप लगाएका छन् । वक्तव्यमा उनी भन्छन्, “यो राष्ट्रिय अपमान राष्ट्रपति जो बाइडेनको कायरता र असक्षमताको परिणाम हो । राष्ट्रपतिले तालिबानलाई विश्वास गरेर यो निर्णय लिए ।” यो टिप्पणीसित अधिकांश अमेरिकीहरु सहमत देखिन्छन् ।
यस परिघटनाबारे चीनबाट पनि विभिन्न स्रोत मार्फत् थुपै्र प्रतिक्रियाहरु आएका छन् । यसबारे ग्लोबल टाइम्सको सम्पादकीयले बाइडेनको असक्षमता अमेरिकाको राजनीतिक प्रणालीको दोष हो भनेर आलोचना गरेको छ । उक्त सम्पादकीयले लेखेको छ, “हाम्रो विचारमा सत्तारुढ व्यक्तित्वको असक्षमता आफैलाई सुधार्न नसक्ने पतनोन्मुख अमेरिकी प्रणालीको परिणाम हो । अमेरिकी
नेताहरुमा अप्ठ्यारा समस्याहरु समाधान गर्ने अनुभवको कमी छ र अमेरिकी समाजले सामूहिक तागत निर्माण गर्नै सक्दैन ।” यसरी चीनले अमेरिकाको प्रणाली र अमेरिकी जनताको सामूहिक चिन्तन प्रक्रियामा प्रश्न उठाएर तिनको
खिसिट्युरी गरेको छ ।
रसियन टीभी नेटवर्कसित सम्बन्धित एउटा अनलाइन पत्रिकाले पनि यस परिघटनालाई लिएर अमेरिकामाथि चर्को व्यङ्ग्य प्रहार गरेको छ । उक्त पत्रिकाले लेख्छ, “वाशिङ्टनका बुद्धिजीवीहरुले बर्षौंदेखि दावी गर्दै आएका छन् कि अफगानिस्तानमा हारेको कारणले सोभियत सङ्घको विघटन भएको हो ।
अमेरिकाले अफगानिस्तानमा त्यो भन्दा निकै नराम्रो गरेको छ, संसारभरिका मानिसले उनीहरुको सिद्धान्तमा कति पाइन छ भनेर अब छिटै देख्नेवाला छन् ।”
उक्त पत्रिकाले अफगानिस्तानमा भएको अमेरिकी हारले संयुक्त राज्य अमेरिकालाई पनि टुक्राउन सक्ने सम्मको आकलन गरेको छ ।
अर्कोतिर युरोपियन युनियन र त्यसका नेताहरु अफगानिस्तानमा तालिबानको सत्तारोहणप्रति निकै चिन्तित छन् । उनीहरुले “हतारमा” सेना फिर्ता बोलाउने बाइडेन प्रशासनको निर्णयको खुलेर विरोध त गरेका छैनन् तर यसप्रति उनीहरुको असन्तुष्टी सहजै बुझ्न सकिन्छ । उनीहरुको चिन्ता अफगानिस्तानबाट युरोपतिर शरणार्थीको ओइरो लाग्न सक्ने कुरासँग पनि जोडिएको छ । यसबारे इशान थरुरले वाशिङ्टन पोस्टमा “आमेरिकाले अफगानिस्तान छाडेपछि युरोप बाइडेनसँग अमिलिएको छ” भन्ने शीर्षकमा एउटा लेख लेखेका छन् । जे होस् यो घटनापछि नेटो गठबन्धन भित्रको एकता अरु कमजोर बन्ने र नेटोमा अमेरिकाको नेतृत्वप्रति गम्भीर प्रश्न उठ्ने संभावना निकै बढेर गएको छ ।
अमेरिकाको गगनचुम्बी जुम्ल्याहा भवनमाथि ९ सेप्टेम्बर २००१मा अपहरित हवाइ जहाजद्वारा आक्रमण भएपछि त्यसका योजनाकार मानिएका ओसामा विन लादेनलाई
तालिबानको सरकारले अफगानिस्तानमा शरण दिएको छ भन्ने बहानामा अमेरिकी नेतृत्वको नेटो गठबन्धन सेनाले अफगानिस्तानमाथि सैन्य आक्रमण गरेको थियो । त्यस सैन्य आक्रमणको उद्देश्य आतङ्कवादलाई नियन्त्रण गर्न ओसामा विन लादेनलाई गिरफ्तार गर्ने र अलकाइदालाई ठेगान लगाउने भनिएको थियो । नेटोको गठबन्धन सेना पठाएको दश वर्षपछि २ मई २०११ का दिन ओसामा विन लादेन अमेरिकी विशेष सेनाबाट पाकिस्तानमा मारिए । तर, त्यसपछि पनि नेटो सेना अरु दश वर्ष अफगानिस्तान बसी आपूmले आतङ्कवादी करार गरेका तिनै तालिबानलाई सत्ता सुम्पेर यही ३१ अगस्त २०२१ का दिन त्यहाँबाट फिर्ता भएको छ ।
करिब २० वर्षको अन्तरालमा अफगान युद्धका दौरान जनधनको ठुलो क्षति भएको छ । ब्राउन विश्वविद्यालयले तयार पारेको प्रतिवेदनको हवाला दिएर अप्रिल १७, २०२१मा विजनेस इन्साइडर नामक अनलाइन पत्रिकामा प्रकासित समाचार अनुसार अफगान युद्धमा जम्मा २,४१,००० जना मानिस मारिएका थिए । ती मध्ये अमेरिकी सेना २,४२२ जना, सुरक्षा विभागका कर्मचारी ६ जना, अमेरिकी ठेकेदारहरु ३,९३६ जना, अन्य सहयोगी सेना १,१४४ जना, करिब ६९,००० जना अफगान सेना र
पुलिस, ९,३१४ जना पाकिस्तानी सेना तथा पुलिसहरु, अन्दाजी ४७,००० अफगान र २४,००० पाकिस्तानी नागरिकहरु र अफगानिस्तानमा ५१,००० तथा पाकिस्तानमा ३३,००० भन्दा बढी विद्रोही लडाकाहरुको त्यो युद्धको क्रममा हताहति भएको थियो । त्यो बाहेक यस दौरानमा १३६ जना पत्रकार र ५४९ जना मानवअधिकारकर्मी पनि मारिएका थिए । त्यसपछि वितेका ४ महिनामा यो सङ्ख्या अरु थपिएको कुरा स्वतः सिद्ध छ । यी बाहेक अमेरिकाका मात्र २०,००० भन्दा बढी अमेरिकी सैनिकहरु घाइते भएको कुरा उक्त पत्रिकाले उल्लेख गरेको छ ।
फेरि, उक्त पत्रिकाले लेखेको छ, अन्दाजी दुई दशक लामो अफगान युद्धका क्रममा संयुक्त राज्य अमेरिकाको मात्र २२ खर्व ६० अर्व अमेरिकी डलर खर्च भएको छ । यसमा आजीवन औषधी उपचार गर्नु पर्ने घाइते सेना वा अन्य कर्मचारीहरुको स्वास्थ्य खर्च समावेश गरिएको छैन । त्यो सबै जोड्दा यो अङ्क अरु बढ्ने कुरा स्वतः सिद्ध छ । विश्व बैङ्कले तयार पारेको प्रतिवेदन अनुसार २०२०मा अफगानिस्तानको कुल गार्हस्थ उत्पादन १९ अर्व ८१ करोड अमेरिकी डलर बराबर थियो । यसबाट के प्रस्ट हुन्छ भने २० वर्षभित्र अफगान युद्धको क्रममा अमेरिकी साम्राज्यवादले अफगानिस्तानको ११४ वर्षमा हुने कुल गार्हस्थ उत्पादन भन्दा पनि बढी रकम खर्च गरेको छ ।
यतिबेला एउटा गम्भीर प्रश्न अगाडि आएको छ । यति धेरै जनधनको क्षतिपछि अमेरिकाले अफगान युद्धबाट के हात पा¥यो ? जवाफ छोटो छ, एकजना “आतङ्ककारी” ओसामा विन लादेनको लासको फोटो । तर यसको बदलामा हिजो आफैले दुश्मन करार गरेको तालिबान लडाकालाई अफगानिस्तानको सत्ता सुम्पेर अमेरिकी सेना
“अतुलनीय साहस, व्यवसायिकता तथा सङ्कल्पसहित” स्वदेश फर्केको छ भनी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनाको प्रशंसा गर्न लाचार भएका छन् । यी समग्र तथ्यहरुले के कुरा पुष्टी गर्दछन् भने २० वर्ष लामो अफगान युद्धमा अमेरिकाको सर्मनाक हार भएको छ र यसले भियतनाम युद्धका क्रममा भएको अमेरिकी हारलाई समेत माथ गरेको छ । त्यति मात्र होइन आतङ्कवादलाई
परास्त गर्ने निहँुमा २० वर्षसम्म निर्दाेष अफगानी जनतालाई आतङ्कित बनाउने अमेरिकी साम्राज्यवाद आतङ्ककारी कि एकजना व्यक्ति ओसामा विन लादेन
आतङ्ककारी ? यति बेला यो प्रश्न विश्वका न्यायप्रेमी जनताको मनमष्तिष्कमा गहिरो गरी उब्जिएको छ । स्पष्ट छ, आम अफगानी जनता र विश्वभरिका उत्पीडित जनताको नजरमा अमेरिका विश्वको एक नम्बर आतङ्कवादी ठहरिएको छ ।
अमेरिकाले अफगान युद्धमा ठुलो जनधनको क्षति त बेहोरेकै छ । यो सबैले देखेको कुरा हो । त्यो भन्दा पनि ठुलो क्षति अमेरिकी साम्राज्यवादको विश्व जनमतका सामु विश्व नेताको हैसियतमा गम्भीर धक्का लागेको छ र विश्वका उत्पीडित जनताको मनमस्तिष्कमा अमेरिका आतङ्ककारी देशको रुपमा दर्ज भएको छ । यो अमेरिकाका लागि निकै महङ्गो पर्ने छ । पटमूर्खले आफ्नै
खुट्टामा खसाल्न ढुङ्गा उचाल्छ भनेको यही हो ।
अव अर्को प्रश्न अगाडि आउँछ । अमेरिकी नेतृत्वको नेटो सेनाले अफगानिस्तान छाडेपछि त्यहाँका जनताले राहतको अनुभूति गर्लान् ? त्यो संभव छैन । यसका पछाडि कारण छन् । पहिलो कुरा अफगानिस्तान एउटा बहुभाषिक तथा बहुजातीय र कविला संस्कृतिको प्रभाव रहेको मुस्लिम समुदायको बसोबास भएको देश हो ।
त्यहाँ सुन्नी समुदायको अत्यधिक बाहुल्य रहेको छ । त्यहाँको संविधानले पास्तुन, ताजिक, उज्वेक, आइम्याक, तुर्कमेन, बलोच लगायत १४ ओटा जातीय वा भाषिक समूहलाई राष्ट्रिय मान्यता दिएको छ र त्यहाँ यी बाहेक अरु समूह पनि छन् । ऐतिहासिक कालदेखि नै बाह्य शक्तिले यी समुदायको अन्तर्विरोधमा खेलेर अफगानिस्तान माथि रजाइँ गर्दै आएका छन् । अहिले त्यहाँ बनेको अत्यन्त तरल अवस्था साम्राज्यवादीहरुका लागि फेरि अनुकुल स्थिति बनेको छ
। पुननिर्माणको नाममा विभिन्न रुप रंगका साम्राज्यवादी शक्तिहरु त्यहाँ प्रवेश गर्ने छन् र तिनले विभिन्न समुहलाई उचालेर अफगानिस्तानलाई पुनः आफ्नो क्रिडास्थल बनाउने छन् । आउने दिनमा अफगानिस्तान अझ गम्भीर
गृहयुद्धमा फस्ने संभावना बढेको छ । त्यसका लक्षणहरु देखिन थालिसकेका छन्
।
अर्कोतिर, अहिले सत्तामा आएको तालिबान मध्ययुगीन सामन्ती चेत र सारिया कानूनको आधारमा सत्ता सञ्चालन गर्ने एउटा प्रतिक्रियावादी शक्ति हो ।
अमेरिकासँग लड्यो त्यो एउटा कुरा हो, तर त्यो सच्चा साम्राज्यवाद विरोधी देशभक्त शक्ति होइन, अन्धराष्ट्रवादी शक्ति हो । आफूलाई सत्तामा टिकाइराख्नका लागि तालिबानको नेतृत्व पुनः अमेरिकी पोल्टामा नजाला भन्न
सकिन्न । त्यसका सङ्केतहरु दोहा वार्ताकै क्रममा देखिन थालिसकेका थिए र अमेरिकाले तालिवानसँग दोहामार्फत् कूटनीतिक सम्बन्ध विस्तार गर्ने र त्यहाँको विकास निर्माणमा सहयोग गर्ने कुरा पनि बताइसकेको छ । आखिर जेहोस् अफगान जनताले तालिबान सरकारबाट राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको कुनै क्षेत्रमा पनि राहत महसुस गर्न पाउने छैनन् ।
अफगानिस्तान एउटा अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक देश हो । साम्राज्यवाद र घरेलु प्रतिक्रियावाद (सामन्त, दलाल तथा नोकरशाही पुँजीवाद) अफगानिस्तानको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविका सहित अग्रगमनका बाधक शक्ति हुन् । साम्राज्यवाद र घरेलु प्रतिक्रियावादको गठबन्धनबाट बनेको अफगान प्रतिक्रियावादी सत्ता तथा व्यवस्था नै त्यहाँका जनताको प्रमुख दुश्मन हो । माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक मार्गदर्शन, सर्वहारा वर्गको नेतृत्व र आम किसान, मजदुर सहित सम्पूर्ण शोषित वर्ग र उत्पीडित जातीय तथा भाषिक समुदायको एकतामा आधारित नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद मात्र अफगान जनताको मुक्तिको एकमात्र बाटो हो ।
साम्राज्यवादीहरुको चलखेल र प्रतिक्रियावादी शक्तिहरुका बीचमा हुने सरकारको फेरबदलबाट कुनै पनि उत्पीडित देशले स्वाधीनता प्राप्त गर्न र त्यहाँका श्रमजीवी जनताले मुक्ति पाउन सम्भव छैन ।
भदौ १६, २०७८