
काठमाडौं । क्रान्तिको निम्ति बस्तुगत आधार परिपक्व बन्दै गएको र यसको तुलनामा आत्मगत स्थित कमजोर रहेको मूल्यांकन गर्दै आएकाे क्रान्तिकारी माओवादी आत्मगत अवस्थालाई सुढृढ तुल्याउन संगठन र संघर्ष सम्बन्धी कामलाई समय तालिकासहितकाे कार्ययाेजना कार्यान्वयनमा जुटेकाे छ । आत्मगत स्थिति स्वतस्फूर्त बन्ने कुरा नभई यसका निम्ति योजनाबद्ध पहलकदमी अपरिहार्य रहेकाे ठहर गर्दै राजनैतिक र बैचारिक काम, साँगठनिक काम, संघर्ष सम्बन्धी काम, आर्थिक र प्राविधिक कामका क्षेत्रमा योजनाबद्ध पहलकदमी बढाउनमा विशेष जोड दिएकाे छ । नयाँ जनवादी क्रान्ति अर्थात् संघीय जनगणतन्त्र स्थापनाको निम्ति संघर्ष गर्ने पार्टीको कार्यनीति कार्यन्वयन गर्न प्रदेश ३ ले क्रान्तिका तीन जाादुगरी हतियारलाई प्रभावकारी बनाउन सम्पूर्ण पार्टीपंक्तिलाई परिचालन गर्ने निर्णय गरेकाे छ ।
संगठन निर्माण, सुदृढीकरण र परिचालन, संघर्ष संचालन र व्यवस्थापनको दृष्टिकोणबाट लक्ष्य पहिलो बनाऔं भन्ने उद्देश्य राखि सामूहिक र एकताबद्ध भई दृढतापूर्वक याेजना कार्यन्वयनमा जाेड दिएकाे सेक्रेटेरी प्रवेशले बताउनु भयाे ।
११ र १२ मा सम्पन्न प्रदेश बैठकले कार्ति क६ देखि १० सम्म काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट र रसुवा जिल्लाहरु समेटी आधारभूत प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने । त्यस लगतै मकवानपुर, चितवन र धादिङ्गलाई समेटी चितवनमा र पूर्वका ३ जिल्लालाई समेटी काभ्रेमा स्कुलिङ्ग गर्ने, ईलाका÷नगर र सेल कमिटीहरु व्यवस्थित गर्ने, पूर्णकालिन सदस्य र अल्पकालिन सदस्यहरुको पहिचान गरि व्यवस्थापनलाई दृढतापूर्वक कृयान्वयन गर्न जोड दिने, सम्पूर्ण कमिटीका बैठक राख्ने र आवश्यकता अनुसार पूनर्गठन गर्ने, क्रान्तिकारी संयुक्त मोर्चाको सदस्यता वितरणको कामलाई प्रभावकारी ढँगले संचालन गर्ने निर्णय गरेकाे छ ।
फागुन १ मा युवा मार्चपासहित युवा संगठनको सम्मेलनको आयोजना गर्ने र अन्य जवस÷मोर्चाको भेला÷सम्मेलन सम्बन्धित जवस÷मोर्चाको बैठक बसि निर्णय लिने, पौष महिनाभित्र पार्टीको ईलाका र नगर भेला÷सम्मेलन सम्पन्न गर्ने लगायतका निर्णय गरेकाे छ ।
बैठकले एम.सि.सि. विरुद्धको संघर्षलाई प्रभावकारी बनाउने, एमसीसी परियाेजना स्थलहरुमा अभियान संचालन गर्ने, जनतालाई सचेत गरि यसको विरुद्ध जनपरिचालन गर्न जोड दिनेलगायतका निर्णय गरिएका छन् । पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र आदिवासी जनजाति महासंघको आयोजनामा असोज ३ गते कालो संविधान राष्ट्रघात, महँगी र भ्रष्टाचारका विरुद्ध विराेध कार्यक्रमकाे आयोजना गर्ने र असोज ८ गते युवा, मजदुर, विद्यार्थी लगायतका जवसको संयुक्त आयोजनामा कोभिडका कारण पैदा भएको जनजीविकाका समस्यालाई लिएर विरोध कार्यक्रम गर्ने निर्णय गरिएकाे छ ।
त्यसैगरी असोज १८ गते नेवाः मोर्चा र दलित मोर्चाको संयुक्त आयोजनामा “जातीय पहिचानसहितको संघीयता र नेवाः स्वायत्त राज्यको स्थापना तथा जातजन्य भेदभाव र छुवाछुत मानवता विरुद्धको अपराध” भन्ने नारामा सहभोजको आयोजना गर्ने निर्णय गरिएकाे छ ।
पार्टी प्रदेश सेक्रेटरी प्रवेशले दिएकाे जानकारी अनुसार पार्टी, संक्त माेर्चा र जबस माेर्चाका बैठकहरु अहिले धमाधम सम्पन्न हुँदैछन् । भदाै महिनाभित्र बैठकहरु सक्ने निर्णय गरिएकाे छ ।
































