एमसीसीको पृष्टपोषण नगर्न सञ्चारमाध्यमलाई देजमाेकाे आग्रह

एमसीसीको पृष्टपोषण नगर्न सञ्चारमाध्यमलाई देजमाेकाे आग्रह


काठमाडौं । अमेरिकी सरकारको एम्सीसी परियोजना नेपालको राष्ट्रिय हित विपरीत भएको कुरा विदितै रहेकाे र यो सम्झौता खारेज हुनु पर्दछ भन्ने ठुलो जनमत छ भन्ने तथ्य पनि पुष्टि भैसकेको पृष्ठभुमिमा कतिपय संचार माध्यमले यसलाई राष्ट्रिय हितमा छ भनी यसको पृष्टपोषण गर्ने किसिमका सन्देश दिने सामग्री र यसको विज्ञापन समेत प्रसारित गरेकाे जानकारी हुन आएकाे भन्दै देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालले यस किसिमका सामग्रीको प्रसारण नगर्न सचेत गराएकाे छ । माेर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले जारी गरेकाे वक्तव्यमा भनिएकाे छ, “एमसीसीलाई जसरी पनि संसदबाट अनुमोदन गराउन दवाब सृष्टि गर्ने उद्देश्यले त्यस संगठनका पदाधिकारीहरको लर्को नेपाल आउँदै गरेको अवस्थामा, कतिपय संचार माध्यमले यसलाई राष्ट्रिय हितमा छ भनी यसको पृष्टपोषण गर्ने किसिमका सन्देश दिने सामग्री र यसको विज्ञापन समेत प्रसारित गरेको जानकारी हुन आएको छ । यस किसिमका सागग्रीको प्रसारण नगर्न हामी सचेत गराउन चाहन्छौं ।”