१६ भदौ काठमान्डौ
अखिल नेपाल आदिवासी जनजाति महासंघको सचिवालयको बिस्तृत बैठक साउन ३२ गते (सशरीर) र केन्द्रिय समितिको पूर्ण बैठक भदौ ५ गते (जुमद्वारा) सम्पन्न भएको छ । महासंघको केन्द्रिय अध्यक्ष प्रा. डा. ओम गुरुंगको अध्यक्षता र महसंघको महासचिब नगेन्द्र राइको संचालनमा सम्पन्न उक्त बैठकको सुरुआत विभिन्न जातीय तथा बर्गीय आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात/अज्ञात सहिदहरु प्रति १ मिनट मौन धारण गरेर भएको थियो । त्यसपछि महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुंगले महासंघको अहिलेसम्मको कार्य प्रगतिका साथै नेकपा (क्रान्तिकारी माओवादी) को साउन २८ गते देखि ३१ गते सम्म बसेको केन्द्रिय समितिमा पार्टीका महासचिब क. मोहन वैद्य “किरण“ ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिबेदन, पार्टीको अहिले सम्मका काम र आगामी कार्यक्रमहरुबारे जानकारी गराउनु भयो । बैठकमा बिशेष अतिथिका रुपमा आमन्त्रित नेकपा (क्रान्तिकारी माओवादी) स्थायी समति सदस्य तथा जातीय मामिला बिभाग प्रमुख रामसिंह श्रीसले देशको समसामयिक राजनीतिक परिस्थिति र आदिवासी जनजातिको भूमिका बारे प्रशिक्र्षणात्मक विचार राख्नु भयो ।
बैठकले महासंघको आगामी कार्यक्रममा संगठन निर्माण र संघर्षका कार्यक्रममा जोड दिएको छ । एम सिसिलाइ केन्द्र बिन्दु बनाएर राष्ट्रियता र राष्ट्रिय स्वाधिनता, जातीय पहिचान सहितको संघियता, धर्म निरपेक्षता, समबेसियता र समानुपातिक प्रतिनिधित्व, भाषिक समानता जस्ता मुद्दाहरु लिएर अवस्था र परिस्थिति अनुसार एकल वा संयुक्त रुपमा संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ.। संगठन निर्माणका लागि भदौ र अशोज महिनाभित्र प्रदेश महासंघहरुको बैठक र प्रदेश भेलाहरु सम्पन्न गर्ने, एकल जातीय मोर्चाहरुको बैठक र भेला सम्पन्न गर्ने तथा प्रदेश र स्थानीय स्तरमा २०७८ सालमा हुन गइरहेको राष्ट्रिय जनगणनामा मातृभाषा र धर्म सम्बधि चेतनामुलक अभियान चलाउने तथा आदिवासी जनजातिका पहिचान, नेपालको सन्दर्भमा जात, जाति, वर्ण, वर्ग, नेपालको आन्तरिक राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, एमसिसि, संघीयता, स्वायत्तता, स्वशाशन, आत्म–निर्णयको अधिकार, जाति र वर्गबिचको अन्तर–सम्बन्ध, आदिवासी जनजातिका अधिकार सम्बन्धि अन्तराष्ट्रिय कानुन आदिसम्बन्धी प्रशिक्षणको आयोजना गर्ने निर्णय गरेको छ. । त्यसैगरी अशोज ३ गते प्रतिगामी संविधान खारेजीको माग गर्दै परिस्थिति अनुसार काठमाडौँमा एकल वा संयुक्तरुपमा बिरोध प्रदर्शनको अयोजनाज गर्ने र प्रदेशहरुमा पनि सोही अनुरुप प्रदेश महसंघहरुलाई बिरोधका कार्यक्रमहरु आयोजना गर्न लगाउने तथा अशोज १६ गते एम आन्तरिक रास्ट्रियता र राष्ट्रिय स्वाधिनता बिषयमा काठमाडौँमा बृहत अन्तरक्रियाको आयोजना गर्ने निर्णय गरेको छ । नेकपा (क्रान्तिकारी मओवादीक) केन्द्रिय समितिको हालै सम्पन्न बैठकले पार्टीले अहिलेसम निष्क्रिय अवस्थामा रहेको जातीय स्वायत्त प्रदेशहरुको पुनर्स्थापनलाइ पार्टीको तर्फबाट पुन सक्रिय रुपमा कार्यन्वयन गर्ने/गराउने भन्ने निर्णयलाइ आत्मसात गर्दै सो कार्यमा पार्टीलाई पूर्ण सहयोग गर्ने तथा जातीय स्वायत्त प्रदेशको स्थापनाइ जनजाति अम्न्दोलनको अभिन्न अंगको रुपमा विकास गर्ने पनि निर्णय गरेको छ. । यसको लागि महासंघले अहिले देखिनै तयारी थालेको छ । अन्तमा बैठकले अखिल नेपाल आदिवासी जनजाति महासंघ, ५ प्रदेशका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) रुपन्देही जिल्ला समितिका सक्रिय सदस्य बाग्लुंग भुस्कात जन्म भै हाल रुपन्देही सैना मैना निवासी दलबहादुर छन्त्यालको कोरोना भैरसका कारण गत बैशाख महिनामा भएको असामयिक निधन प्रति पुन गहिरो दुख प्रकट गर्दै उहाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक प्रस्ताब पनि पारित गरेको छ.।






























