
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश १ ले एक शाेक वक्तव्य जारी गर्दै पार्टीका प्रदेश सदस्य नगेन्द्र अधिकारीका बुबा रुद्र अधिकारीकाे निधनमा श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।
पार्टीका प्रदेश सेक्रेटेरी उदयले शाेक वक्तव्य जारी गर्दै कमरेड नगेन्द्र लगायत शाेक सन्तप्त परिवारजनप्रति गहिराे समवेदना व्यक्त गरेकाे छ ।
माेरङकाे सुन्दर हरैचा-१० निवासी ७९ बर्षीय रुद्र अधिकारीकाे बुधबार विराटनगरकाे सहकारी अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे थियाे ।