
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ललितपुरले पार्टी सदस्य कमरेड रामशरण महर्जनकाे निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकाे छ । पार्टी जिल्ला सेक्रेटरी दीपकले एक शाेक वक्तव्य जारी कमरेड रामशरणकाे निधनले नेपालकाे क्रान्तिकारी कम्युनिस्ट आन्दाेलनमा गम्भीर क्षति पुगेकाे जनाउनु भएकाे छ ।
पार्टी सम्बद्ध इन्जिनियरिङ विभागका सदस्य समेत रहनु भएका महर्जनकाे काेभिडका कारण ६५ बर्षकाे उमेरमा बिहीबार नर्भिक अस्पतालमा निधन भएकाे थियाे ।
कमरेड महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शाेक वक्तव्यमा शाेक सन्तप्त परिवारजनमा गहिराे समवेदना प्रकट गरिएकाे छ । ललितपुरकाे हरिसिद्धि निवासी महर्जनका दुई श्रीमती, दुई छाेरा र पाँच छाेरी रहेकाे वक्तव्यमा उल्लेख गरिएकाे छ ।






























