बुटवल, ८ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति,रुपन्देहीले शुक्रबार बुटवलमा विरोध सभा सम्पन्न गरेको छ ।
राष्ट्रघात,जनघात,महंगी,भ्रष्टाचार र एमसीसी सम्झौताको विरोधमा साे पार्टीले विरोध सभा गरेको हो ।
बुटवलको पुष्पलाल पार्कमा आयोजित कार्यक्रममा बोल्दै पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका इन्चार्ज प्रेम सुवेदीले जनता कोरोनाको महामारीमा परेका बेला सरकारले जनताको अभिभावकत्व ग्रहण गर्न नसकेको बताए ।
मुलुकमा भ्रष्टाचार संस्थागत बन्दैं गएकोमा चिन्ता जाहेर गदैं उनलेे भ्रष्ट्राचारीलाई कारवाहीको दायरामा ल्याउंनुपर्नेमा जोड दिए ।
पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका सुवेदीले एमसीसी सम्झौता नेपालकाे हितमा नरहेको भन्दै त्यसलाई संसदबाट पास नगर्न चेतावनी दिए ।
एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभए पनि ठूला राजनीतिक दलहरूले त्यसलाई पास गर्नसक्ने भन्दै उनलेे त्यसप्रति जनताले खबरदारी गर्नुपर्नेमा जाेड दिए ।
उनलेे एमसीसी संसदबाट पास भए नेपाल अमेरिकी सेनाको रणभूमि बन्ने दाबी गरे ।
कार्यक्रममा पार्टीका रुपन्देही सचिव विनोद मरासनी,नागरिक अगुवा पदम कार्की,अखिल क्रान्तिकारीका दिलबहादुर चुंदारा,पार्टी जिल्ला सचिवालय सदस्य राजु भुजेल लगायतले बोल्दै महंगि र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने,सबै नेपालीलाई काेराेना बिरूद्वकाे खाेप लगाउने व्यवस्था गर्न र कुनै पनि हालतमा एमसीसी पास गर्न नहुनेमा जाेड दिएका थिए ।
यसअघि श्रवण पथ स्थित पार्टी कार्यालयबाट निस्केको र्यालीले बुटवल बजार परिक्रममा गरि पुष्पलाल पार्कमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार