पार्टी बारे माओ

प्रकाशित मिति : २०७८ जेष्ठ २१

- हुकुमबहादुर सिंह

माओ चीनीयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आएदेखि उनले पार्टीलाई साँचो अर्थमा लेनिनवादी लाइनमा विकास गर्न सबै प्रकारका प्रयासहरू गरे । पहिलेका गलत लाइनहरू, खासगरी वाङ्मिङ्को तेस्रो ‘वाम’ प्रभावले गर्दा पार्टीको काम गराइमा घेरै प्रकारका भड्कावहरू थिए । एकपक्षीय(कभअतबचष्बल) बुझाइले गर्दा जनवादी केन्द्रीकृत कार्यसञ्चालनका कुनै पनि सही मान्यताहरू थिएनन् र दुई लाइन सङ्घर्ष पद्धति पुर्णरूपले गलत थियो । पार्टी क्याडरहरूको सलग्नता र तिनीहरूको छलफल र सरसल्लाह विना र प्लेनमहरू र अन्य वैठकहरूको आयोजनालाई तोडमरोड(मेनीपुलेटिंग)द्धारा निर्णयहरू लिइएका थिए । दुई लाइन सङ्घर्षलाई खुलारूपले सञ्चालन गरिएका थिएनन् र पार्टीभित्र दृष्टिकोणको अर्को विचार राख्नेहरूका प्रतिनिधिहरूलाई हत्तोत्साहित गरिएका थिए र दण्डीत गरिएका थिए । कठमुल्लावादका कारणले गर्दा पनि मासलाइनको कार्यान्वयन थिएन । माओले यी सबै भडकावहरूलाई सुधार्नका साथै उपयुक्त फोरमहरू र अंगहरूको निर्माण गर्न आवश्यक सबै प्रकारका कामहरु गरे । यो प्रक्रियामा माओले घेरै संगठनात्मक अवधारणाहरूलाई स्पष्ट पार्ने र विकास गर्ने काम पनि गरे । उनले निम्न लिखित केही निस्चित गलत बुझाई, जो अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा र स्तालिनको नेतृत्वमा सोभियत संघको कम्युनिष्ट पार्टीमा पनि केही मात्रामा हुर्किएका थिए, त्यसलाई सच्याउन पनि माओले कोशिस गरे ।
जनवादी केन्द्रीयता:
माओको साम्प्रदायिकता र नोकरशाही भड्कावहरूलाई सच्याउनका लागि गरिएका प्रयास जनवादी केन्द्रीयता सम्वन्धी उनको वर्णनमा स्पष्ट देखिन्छ । माओको जनवादी केन्द्रीयताको बुझाई स्पष्टतापुर्वक ‘पहिलो जनवाद, अनि केन्द्रीयता’ हो । उनले यसलाई धेरै तरिकाले वर्णन गरेका छन् –‘यदि त्यहाँ जनवाद छैन् भने त्यहाँ कुनै केन्दीयता हुन सक्दैन्,’ ‘केन्द्रीयता भनेको जनवादको जगमाथि बनाइएको केन्द्रीयता हो । फराकिलो जनवादी आधार सहीतको सर्वहारा केन्द्रीयता हो ।’
माओको यो विचार उनको यो बुझाइमा आधारित थियो कि केन्दीयताको अर्थ सवभन्दा पहिलो सही विचारहरूको केन्द्रीकरण हो । यसलाई लिनका लागि सबै कमरेडहरूका निम्ति उनीहरूका विचारहरू र उनीहरुव्दारा व्यक्त धारणाहरू वाहिर ल्याउने र यसलाई उनीहरू भित्र विर्को लगाएर नराख्नु आवश्यक थियो । यो त्यसवेला मात्रै सम्भव हुन सक्थ्यो जब त्यहाँ पूर्ण सम्भावित जनवाद थियो, जहाँ कमरेडहरूले तिनीहरू के भन्न चाहन्छन् भन्नेवारे खुलेरै वर्णन गर्न स्वतन्त्र हुने छन् र उनीहरूका रिसलाई समेत थुक्न सक्ने छन् । त्यसकारण जनवाद विना अनुभव संश्लेषण गर्न असम्भव हुने छ । जनवाद विना, पार्टी कार्यकर्ता तथा जनसमूहहरूबाट विचारहरू नआइकन, असल लाइनहरू, सिद्धान्तहरू, नीतिहरू अथवा तरिकाहरू निर्माण गर्न असम्भव छ । जे भएता पनि सही विचारहरूको केन्द्रीकरणको आधारमा सर्वहारा जनवादको बुझाइमा एकता, नीतिमा एकता, योजना,कमाण्ड र कार्यमा एकता प्राप्त गर्न सम्भव छ ।
माओले जनवादी केन्द्रीयताको बुझाईलाई केबल पार्टी कार्यमा मात्रै सिमित गरेनन् । उनले यो बुझाइलाई समाजवादी अर्थतन्त्रको निर्माण गर्न र सर्वहारा राज्य सञ्चालनको प्रश्नसंंग चौतर्फि विस्तार गरे । माओले महशुस गरे, जनवादी केन्द्रीयता विना, सर्वहाराको अधिनायकत्वलाई एकतावद्ध गर्न सकिने छैन् । जनताका लागि व्यापक जनवादविना, सर्वहाराको अधिनायकत्वका लागि एकत्रित गर्न अथवा राजनीतिक शक्ति स्थिर हुनका लागि असम्भव थियो । जनवाद वीना, जनसमूहको उठान वीना र जनसमूहको सुपर भिजन वीना, प्रतिक्रयावादीहरू र खराब तत्वहरूमाथि प्रभावकारी अधिनायकत्व अभ्यास गर्न र तिनीहरूलाई प्रभावकारी रूपले नयाँ रूप दिनका लागि असम्भव हुने थियो । माओले यी अवलोकनहरू सोभियत संघमा नवसंशोधनवादको उदयपछि निर्माणगर्दै थिए र देखे कि रुसमा जनसमूहलाई सर्वहारावर्गको अधिनायकत्व अभ्यास गर्नका लागि परिचालन गरिएको थिएन् । उनले चीनयाँ कम्युनिष्ट पार्टीको उच्च तहहरूमा संशोधनवादी प्रवृतिहरूको उदय भएको पनि देखे र यो मान्यता राखे कि यस्ता प्रवृतिहरूबाट एकमात्र सुरक्षा गर्ने भनेको जनसमूह र तल्लो तहका क्याडरहरूको पहल र उनीहरुको सतर्कता नै थियो ।
यसरी १९६२को जनवरीमा माओले भनेका थिए– “ जवसम्म हामीले जनताको जनवाद र अन्तर–पार्टी जनवादलाई पूर्णरूपले प्रवद्र्धन गर्दैनौ र जवसम्म हामीले सर्वहारा जनवादको पूर्ण कार्यान्वयन गरिदैन्, चीनका लागि साँचो सर्वहारा जनवाद हुन असम्भव हुनेछ । जनवादको उच्चता विना केन्द्रीयताको उच्चता असम्भव छ र केन्द्रीयताको उच्चता वीना समाजवादी अर्थतन्त्र स्थापना असम्भव छ । र यदि हामी समाजवादी अर्थतन्त्र स्थापना गर्न असफल हुन्छौ भने हाम्रो देशको लागि के हुने छ ? यो एउटा संशोधनवादी राज्यमा परिवर्तन हुने छ, वास्तवमा एउटा पुँजीवादी राज्य, र सर्वहाराको अधिनायकत्व पुँजीपतिको अधिनायकत्व र त्यसमा एउटा प्रतिक्रियावादी, फासिष्ट अधिनायकत्वमा परिवर्तन हुने छ । यो एउटा प्रश्न हो, जुन धेरै मात्रामा हाम्रो सचेतता प्रमाणित गर्दछ, म आशा गर्दछु हाम्रा कमरेडहरूले यसलाई एउटा असल सोचको कार्यक्रम दिने छन् ।”
दुई–लाइन सङ्घर्ष र पार्टी सङ्गठनात्मक सिद्धान्तहरूको सन्दर्भमा, जसलाई माओले माक्र्सवादी बुझाई र सिद्धान्तको विकास गरे त्यसको अर्को पक्ष हो । माओको पद्धति, जो द्धन्द्धात्मक भौतिकवादमा आधारित छ, समाजमा विद्यमान वर्गहरूको परावर्तनको रूपमा कम्युनिष्ट पार्टीभित्र वेठिक मतहरूलाई हेर्नु थियो । यसरी जुन लामो समयसम्म समाजमा वर्गसङ्घर्ष निरन्तर भइरहन्छ पार्टीभित्र विचारधारात्मक सङघर्षमा यसको परावर्तन अनिवार्य छ । उनको पद्धति यी अन्तरविरोधहरूतर्फ पनि फरक थिए । उनले तिनीहरूलाई सुरूमा प्रतिद्धन्दीता विहिन अन्तरविरोधहरूका रूपमा देखे जसबाट “गम्भीर सङ्घर्ष”लाई हामीले सुधार गर्न कोशिस गर्नु पर्छ । सुधारका लागि हामीले गल्ती गर्नेहरुलाई प्रशस्त अवसर दिनु पर्छ । यदि त्यसो गरिएन भने मानिसले गर्ने आफना गल्तीहरूका लागि ‘दृढ रहेर’ बस्ने अथवा ‘तिनीहरूलाई क्रोधित बनाउने’ काम हुनेछ । जसको परिणाम तीनीहरुबाट अन्तरविरोधहरूको प्रतिरोध हुने सम्भावना बलियो बन्न जान्थ्यो ।
यसवारे स्तालिनको बुझाइको एउटा सच्याई थियो,जसलाई उनले लेनिनवादका आधारहरू( ँयगलमबतष्यलक या ीभलष्लष्कm)मा प्रस्तुत गरेका थिए । स्तालिन अन्तर–पार्टी सङ्घर्ष मार्फत गलत प्रवृतिहरूलाई सुधार गर्ने कुनै पनि प्रयासको विरूद्ध थिए । उनले यस्तो प्रयासलाई “पार्टीभित्र विचारधारात्मक सङ्घर्षद्धारा अवसरवादी तत्वहरूलाई ‘परास्त गर्ने’एउटा सिद्धान्तका रूप भन्दथे, जो उनका अनुसार “एउटा कुहिएको र खतरनाक सिद्धान्त थियो, जसले पार्टीलाई पक्षघात गराउन र दृघकालिक कमजोरीहरुलाई मलजल गर्ने डर धाक दिन्छ ।” यस्तो प्रस्तुतिले पार्टीभित्रको अन्तर–पार्टी सङ्घषको सम्भावनालाई स्विकार गर्न इन्कार गर्‍यो र अवसरवादका विरूद्धको सङ्घर्षलाई सुरूदेखि नै प्रतिद्धन्दी विहिन अन्तरविरोधका रूपमा व्यवहार गर्‍यो । स्तालिनको समयको त्यही ऐतिहासिक अनुभवबाट पाठ सिक्दै, माओले निम्न पद्धतिमा अन्तर पार्टी सङघर्षका तरिकाहरू प्रस्तुत गरे – “पार्टीका सबै नेतृत्वदायी सदस्यहरूले अन्तरपार्टी जनवादलाई प्रवद्र्धन गर्नै पर्दछ र जनतालाई खुलेर बोल्न दिनु पर्छ । सिमाहरू के हुन् ? पहिलो पार्टी अनुशासन पालना गरिनु पर्छ, अल्पमत बहुमतको मातहतमा र समस्त सदस्य केन्द्रीय समिति प्रति जवाफ देही रहनु पर्छ । अर्को सिमा भनेको पार्टी भित्र गोप्य फयाक्सन संगठित गर्न पाइने छैन् । हामिहरूलाई खुला विरोधीहरूको डर छैन् , हामीहरू गोप्य विरोधीहरूको मात्रै डर मान्छौ । यस्ता मानिसहरू तिमीसंग सत्य बोल्दैनन्, तिनीहरूले जे भन्दछन् झुट र फरेव मात्रै भन्दछन् । तिनीहरू उनीहरूको वास्तविक मनोभाव प्रस्तुत गर्दैनन् । जहाँसम्म एउटा मानिसले नियम उलङघन गर्दैन् र गोप्य फयाक्सनका कृयाकलापहरुमा संलग्न हुदैन् , हामीले उसलाई बोल्न छुट दिनु पर्छ र यदि उसले गलत चीज भनेता पनि उसलाई दण्ड दिइनु हुदैन् । यदि मानिसले गलत चीज भन्दछ, उनीहरूलाई आलोचना गर्न सकिन्छ, तर उनीहरूलाई हामीले कारण सहित सम्झाउनु पर्छ । यदि उनीहरू अझै पनि सम्झदैनन् भने के गर्ने ?
जवसम्म तिनीहरू प्रस्तावहरूद्धारा र निर्णयहरूले वाँधिएका हुन्छन् र बहुमतले लिएका निर्णयहरूमा अल्पमतले आफ्नो मतलाई कायमै राख्दै कार्यान्वयनमा दिलो ज्यानले लाग्दछन्, तिनीहरू पार्टीभित्रकै क्रान्तिकारी कमरेडहरू हुन् । माओको यो बुझाई आफैमा यति स्पष्ट थियो कि जवसम्म समाजमा वर्ग सङ्घर्षको अस्तित्व रहिरहन्छ, त्यसवेलासम्म पार्टीमा त्यसको प्रतिविम्व माओको शब्दमा वर्ग सङ्घर्ष नै चलिरहन्छ जसलाई उनले पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्ष भनेका छन् । त्यसकारण यो खालको सङ्घर्षलाई सञ्चालन गर्ने विधि भनेको जनवादी केन्द्रीयता अनुसारमा खुल्ला लडाई गरिनु पर्दछ । यसरी माओ, दुई लाइन सङ्घर्षको अवधारणाको उनको बुझाई र कार्यान्वयनमार्फत वर्गहरू, वर्ग सङ्घष र अन्तरपार्टी सङ्घषलाई एउटा सही द्धन्दात्मक पद्धतिमा ल्याउने प्रयास थियो ।
मास लाइन: माक्र्सवादमा माओको अर्को विकास भनेको उनले विकास गरेको मास लाइन हो । पार्टीको माक्र्सवाद लेनिनवाद सम्वन्धी आधारभूत बुझाइबाट सुरूगर्दै जनसमूहसंग सम्भावित धेरै नजिकको सम्वन्ध कायम राख्दै, माओले एउटा गुणत्मक नयाँ स्तरलाई मास लाइनको अवधारणामा विकास गरे । दर्शनको स्तरमा उनले देखाए कसरी ज्ञानको माक्र्सवादी सिद्धान्तको एउटा अति आवश्यक पक्ष थियो र त्यसै गरी कसरी यो अन्तरपार्टी सम्वन्धहरूको अति आवश्यक संगठनात्मक लाइन पनि थियो ।
माओले वर्णन गर्दछन् कि पार्टीको व्यवहारिक काममा सबै सही नेतृत्वले अति आवश्यकतापूर्वक जनसमूहसंग बाट लिएर जनसमूहलाई नै दिने नीति अपनाउन पर्दछ । यसको अर्थ: जनसमूहका विचारहरू लिनुस, यद्धपि ती छरिएका र शिलशिलेवद्ध हुदैनन् र तीनमा केन्द्रीत हुनुस अध्यनमार्फत तिनलाई केन्द्रीकृत र शिलशिलावद्ध विचारमा वदल्नुस, अनि जनतामा जानुस र प्रचारप्रसार र व्यख्या गर्नुस जवसम्म जनताले त्यसलाई आफ्नो विचारका रूपमा ग्रहण गर्दैनन्, तिनीहरूलाई बलियो गरी मुट्ठिमा राख्नुस र तिनलाई कार्यमा रूपान्तरण गर्नुस, र यस्ता कार्यमा ती विचारहरूको ठिक वेठिक जाच परख गर्नुस । अनि फेरी एक पटक जनताबाट आउने विचारहरू केन्द्रीत गर्नुस र फेरी एक पटक जनतामा जानुस ताकि विचारहरूलाई अगाडि लैजादा सुरक्षित गरिन्छन् । र फेरी फेरी अन्त्यहिन स्पाइरल, विचारहरू ज्यादा सही हुँदै, प्रत्येक पटक ज्यादा महत्वपूर्ण निचोडमा पुग्दै, यहि नै ज्ञानको माक्र्सवादी सिद्धान्त हो ।
‘जनताबाट, जनतालाई’भन्ने सिद्धान्त व्यवहारमा ल्याउनका लागि माओले वर्णन गर्दछन् कि सङघर्षमा अथवा एउटा संगठनमा जनता(कार्यकर्ता) र नेतृत्वगरिरहेको समूहबीचमा सही सम्वन्ध भएको हुनुपर्दछ । यो आवश्यक छ कि पार्टीले नेतृत्वको न्यूल्यिस निर्माण गर्न कार्यकर्ताहरूलाई एक ठाउँमा ल्याउछ र नेतृत्वको यो न्यूल्यिसलाई जनतासंग लगेर नजिक बनाइदिन्छ । यदि यसो गरिएन भने पार्टी नेतृत्व व्युरोक्रेटिक बन्ने र जनताबाट सम्वन्ध विच्छेद भएर जाने हुन्छ । यो पनि आवश्यक छ कि नेतृत्व केबल सामान्य आव्हानहरू गरेर विषय सूँचीमा रहन सक्दैन् । जनरल आव्हानहरू यदि ती सही तरिकाले कार्यान्वयन गरिने हो भने निश्चित र ठोस मार्गदर्शनद्धारा अनुशरण गरिनु पर्दछ ।
“जनताका विचारहरू लिने र तिनमा केन्द्रीत हुने, अनि जनतामा जाने, विचारमा संरक्षित गर्ने र तिनलाई अगाडि लैजाने, यसरी नै नेतृत्वको सही विचारहरू निर्माण गर्ने हो । यहि नै नेतृत्वको आधारभूत तरिका हो ।” यसरी माओले यसलाई जनतामाथि पार्टीको नेतृत्वको आधारभूत तरिका हो भनेका छन् ।
अन्त्यमा माओ भन्दछन् कि मास–लाइनलाई जनसमूहमाथि पार्टीको नेतृत्वको सन्दर्भमा मात्रै हेरिनु हुँदैन् । वास्तवमा माओले अन्तरपार्टी सम्वन्धहरूलाई पनि मास–लाइनको कार्यान्वयनमा जोड दिन्छन् । उनले यसलाई एउटा संगठनात्मक लाइनका रूपमा यसरी पनि हेरे । माओले निर्देश गरेका छन् कि यसलाई सुनिस्चित गर्नका लागि त्यो लाइन साँचो अर्थमा जनसमूहसंगैबाट आउछ र खासगरी कि त्यो जनसमूहतर्फ फर्केर जान्छ,त्यहाँ केबल पार्टी र पार्टी बाहिरका (वर्ग र जनताका बीचमा) जनसमूहबीचमा नजिकको सम्वन्ध हुनै पर्दछ । बरू त्यो भन्दा पनि माथि उठेर पार्टीभित्रका नेतृत्वदायी संस्थाहरू र पार्टीभित्रका जनसमूहरू(क्याडरहरू र रैक र फाइलबीचमा) नजिकको सम्वन्ध हुनै पर्दछ । यसरी माओले देखाए कि यो अति नै संगीन महत्वको थियो कि पार्टीको उच्च र तल्लो तहहरूबीच नजिकको सम्वन्ध राखिरहनु पर्दछ । कुनै पनि खालको अन्तरपार्टी व्रेक अपले जनसमूह र पार्टी नेतृत्वबीच खाडलमा परिणत हुने छ । यसले मासलाइनको कार्यान्वयनका विरूद्ध काम गर्ने छ ।
पार्टी बारे माओको यो अवधारणालाई सही मानेमा बुझेर त्यसको इमान्दारिताका साथ कार्यान्वयन गरिएमा पार्टी एउटा माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टीको निर्माण सम्भव छ । माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टीको निर्माण विना सर्वहारावर्गीय पार्टीको निर्माण असम्भव छ । सर्वहारावर्गीय पार्टीको निर्माणले मात्रै देशमा सर्वहारावर्गीय क्रान्तिको नेतृत्व गर्न सक्छ ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm