सहिदका सपनाहरू रातै भएर फुलेछन्

अनुभूति

प्रकाशित मिति : २०७८ जेष्ठ १५

- –लोकेन्द्र विष्ट

महान् जनसमरको तुफानी केन्द्र रोल्पाको घोर्नेटी (ओत गाजस)मा केन्द्रीय आधारइलाका क्षेत्रीय ब्यूरोको निर्णयानुसार जननमूना अस्पतालको निर्माण गर्ने काम मिति २०६३ असोज १३ देखि शुरु भएर २०६३ श्रावण २५ सम्ममा सम्पन्न हुन्छ । यसको उद्घाटन कार्यक्रममा उपस्थितिको लागि वार्ता टोलीका संयोजक तथा पार्टी केन्द्रीय समिति सदस्य क.कृष्णबहादुर महरासँगै भारतको पटना जेलबाट हालैमात्र छुटेका हामी क.सोनाम र म पनि रोल्पा आउने कुरो तय भएछ । सोहीअनुसार श्रावण २८ गते बिहान ०९ः३० बजे काठमाडौंबाट यात्रा शुरु भयो । हाम्रो गाडी तुफानको गतिमा कुद्यो । महरा कमरेड हामी भन्दा अघि नै हिँडेकोले पहिले नै तुल्सीपुर आइसक्नु भएछ । हाम्रो गाडी घोराहीमा ०७ः३० बजेतिर आइपुग्यो । त्यहा“बाट गाडी बदलेर तुरुन्तै तुल्सीपुरतिर हानियौँ । तुल्सीपुरमा आउ“दा ०८ः३० बजिसकेको थियो । महरा कमरेडलगायतका कमरेडहरूस“ग त्यही“ भेट भयो र एउटा गेष्टहाउसमा बसियो । गाडीले उछालेर हैरान पारेकोले खाना खाएर खुत्रुक्क सुतियो ।

२९ गते बिहान ०५ः०० बजे नै हिड्ने भन्ने महरा कमरेडको निर्देशनअनुसार ०४ः३० मा उठियो । तर साथीहरूको थोरै ढिलाढालाले पौने ६ मा हाम्रो गाडी तुल्सीपुरबाट हि“ड्यो । हाम्रा फुच्चे गाडीहरू कच्ची बाटोमा खतराकाबीचबाट अघि बढे । कपुरकोटमा आएर नास्तापानी गरियो । अनि पुनः घुम्ती र मोड हु“दै उकालो लाग्यौँ । निङ्गाल पानीमा ०८ः३० मा आइपुगियो । त्यहा“ हाम्रा ३ वटै गाडीले विश्राम गरे किनकि अगाडि बढ्नको लागि गाडी बाटो राम्रो बनेको थिएन ।

व्रिगेड कमाण्डर क.अविनाशले अगाडि नै आएर खानाको व्यवस्थापन गरेकाले सिमपानीमा आएर केही क्षण आराम गरेर खाना खाइयो । जब निङ्गालपानीमा गाडी छोडियो अनि २ वटा घोडाको व्यवस्था गरिएको रहेछ । महरा सर, सन्तोष जी र सोनामजीले पालैपालो गरेर घोडा चढ्दै अघि बढ्नु भयो । घोडाहरू कमजोर र तालिम प्राप्त रहेनछन् । हामी नेर्पा (जुङ्घार) आउ“दा त्यहा“को उच्च माविमा हाम्रो स्वागत अभिनन्दनको लागि माला र अविर लिएर शिक्षक र विद्यार्थीहरू पङ्क्तिबद्ध भइ हाम्रो प्रतिक्षा गरिरहेको पाइयो । प्रिन्सिपल त्रिलोचन सापकोटाको नेतृत्वमा त्यो कार्यक्रम राखिएको रहेछ । उहा“हरूको बुझाई ठिकै देखियो । अविर माला ग्रहण गरेर अभिनन्दित भयौँ हामी । महरा सरले सङ्क्षिप्त मन्तव्य दिनुभयो । अनि हामी पुनः अघि बढ्यौँ । करिब पौने घण्टाको खोलो हिँडेपछि उकालो लाग्यौँ । उकालोमा घोडाहरूको पनि हालत खराब भयो । हाम्रा कतिपय साथीहरूको पनि त्यस्तै भयो । भोकले पनि खुब आक्रमण ग¥यो । माथि चालेका कदम पनि तलै खस्ने भए । मुश्किलले झिनुवाको बजारमा आइयो । मलगायत केही साथीहरू त अघि नै आएकोले पानीले रुझाउन पाएन तर केहीलाई त निथु्रक्कै पारेर रुझायो । मान्छे धेरै भए पनि सबैलाई सेट गरेर राख्नुभयो साथीहरूले । त्यही नास्तापानी र खाना खाएर सुतियो ।

३० गते बिहान पुनः ६ बजे हिँड्ने कुरो भयो । चियापानी गर्दागर्दै ०६ः३० भइसक्यो । अघिल्लो दिनको थकाइले साथीहरू हिँड्न नसक्ने भएको पाइयो । झिनुवाको जाडोले थोरै सताउने पनि ग¥यो । तैपनि रात त भाग्यो नै । जनमुक्ति सेनाका कमरेडहरूले खुब कष्ट गरेर सबै काम मिलाउनु भयो । हाम्रो संख्या बढेर ३०÷३५ जनाको भइसकेको थियो । त्यसैमा जनता र स्थानीय पार्टी कार्यकर्ताको लाममा हामी अघि बढ्यौँँ । झिनुवाबाट ओरालो र तेर्सो बाटो भएर पौने दश बजे हामी घोर्नेटी आइपुग्यौँ ।
त्यहा“ हाम्रो टिमलाई क.प्रभाकरण र क.छिरिङलगायतका कमरेडहरूको अगुवाइमा अविर लगाएर स्वागत गरियो । स्वागत ग्रहण गर्दै हामी एउटा आथित्य हलमा प्रवेश ग¥यौँ । त्यहा“ कैयौँ परिचित र अपरिचित चेहराहरूसँग साक्षात्कार भइयो । पत्रकारहरू क्यामरामा हामीलाई कैद गर्न तँछाड–मछाड गर्दै थिए । केही भलाकुसारी पनि भए । सामान्य चिया नास्तापछि हामीलाई नया“ भवनहरूतिर लिइयो । त्यहा“ क.दिवाकर (पश्चिमी केन्द्रीय कमाण्ड इन्चार्ज), क.विप्लव (केन्द्रीय आधारइलाका व्यूरो इन्चार्ज), डेपुटी कमाण्डर क.पासाङ, पा“चौं डिभिजन कमिसार क.सुदर्शन, कमाण्डर क.शरदलगायतका कमरेडहरूले अविरले स्वागत गर्नुभयो । हामीले फेरि हाम्रा दरिला हातहरू मिलायौँ । रेड स्यालुट ग¥यौँ । पे्रमले भरिपूर्ण गलाहरू मिलायौँ । एउटा छुट्टै आनन्दानुभूतिका साथ हामी एउटा भव्य भवनको हलभित्र पस्यौँ । जहा“ केही कुराकानीहरू भए । थोरै आराम भयो । केही क्षणपछि खाना खाएर दिउ“सो ०१ः०० बजेदेखि शुरु हुने कार्यक्रमको लागि हामी मञ्चतिर पङ्क्तिवद्ध रूपमा अघि बढ्यौँ । जनमुक्ति सेनाको रेड स्यालुट लिंदै हामी मञ्चमा आसन ग्रहण गर्न पुग्छौँ ।

एउटा औपचारिक कार्यक्रममा हाम्रो पुनः स्वागत अभिनन्दन गरियो । केन्द्रीय कमाण्ड इञ्चार्ज कमरेडले अविर माला पहिराएर, ढाका टोपी र शल ओढाएर अभिनन्दन गर्नुभयो । जनता, जनमुक्ति सेना र पार्टी कार्यकर्ताको घना उपस्थितिले कलात्मक रूपमा सजाइएको ग्राउण्ड र सिंढीहरू खचाखच भरिएका थिए । देश र जनताका असली रक्षक जनमुक्ति सेनाहरू आºनो कर्तव्यमा दत्तचित्त थिए । राता झण्डाहरू आकर्षक र मनमोहक रूपमा निरन्तर फर्फराइरहेका थिए । घोर्नेटी हिजो ढुङ्गैढुङ्गा र बुट्यानै बुट्यानले भरिएको सिरेटो चल्ने र स्याल कराउने डा“डो थियो । तर आज उही घोर्नेटी नया“ विचार, नया“ योजना र इच्छाशक्तिपूर्ण श्रमवीरहरूको कडा परिश्रम स्वरूप सर्वोत्तम तथा सर्वोत्कृष्ट ‘स्वर्ग’ (नमूना) बनेर उभिएछ । महान् जनयुद्धका वीर सहिदका सपनाहरू राताम्मै भएर फुलेछन् । घाइते योद्धाहरूका भावना र आकाङ्क्षाहरू सुन्दर फूलको रूपमा मुस्कान छर्दै फक्रिएछन् । महान् जनताका रगत पसिनाहरू सौरभित रूपमा झुलेछन् । २१औं शताब्दीको क्रान्तिपथ वास्तवमै विश्वलाई नै नया“ ढङ्गले नेतृत्व गर्दै घोर्नेटीबाट यात्रा आरम्भ गरेछ । त्यसैले यो जनयुद्धको अर्को नवीन नमूना हो । जुन सृजना हो । नेपालको लाल नहर हो । जुन नहरबाट सयौँ हजारौं जीवनका गह्राहरू, पाटाहरू र फा“टहरू सिंचित हुनेछन् । ‘पचपन्न हजार टाउका र एक लाख दश हजार हातहरू’ ले निर्माण गरेको यो जनताको सुन्दर कलाकृति वास्तवमै नमूना छ । जनश्रम र आर्थिक लगानीलाई जोड्दा एक करोडको पू“जीमा यो भव्य जनअस्पताल निर्माण भएको कुरा निर्माणमा संलग्न क.प्रभाकरणले बताउनु हुन्छ । क्रान्तिको ध्वंसात्मक अवधिमा पनि यति सुन्दर, सशक्त निर्माण हुन्छ भनेर शायद कसैले कल्पना पनि गर्न नसक्लान् । घोर्नेटीमा रोल्पाली जनताले महान् पार्टीको सक्षम नेतृत्वमा त्यो अकल्पनीय कार्य गरेर देखाएका छन् । नया“ संसार निर्माण गर्न पुरानोको ध्वंश गर्नै पर्छ । ‘नभत्की निर्माण हु“दैन, नरोक्किइ प्रवाह बढ्दैन’ । यो वैज्ञानिक सत्यता यहा“ पुनः पुष्टि भएको छ । जननमूना अस्पतालबाट सिक्नुपर्ने अथाह शिक्षा छ । अनि हामीले नेपाललाई घोर्नेटीकरण गर्नुपर्छ । अर्थात् घोर्नेटीबाट नेपालमा वृहद्धिकरण गर्नुपर्छ । मगरा“त स्वायत्त गणराज्यले स्वास्थ्यको क्षेत्रमा एउटा उज्ज्वल नमूना पेश गरेको छ । यो नमूना केही वर्षको लागि अप्रतिस्पर्धी हुनसक्छ । जननमूना अस्पताल एउटा अग्रणी गूरु हो । यो पसिना र विचारको सुन्दर पूmल हो ।

यसपटकको घोर्नेटी दृश्यले एउटा ऊर्जाशील र नविन अनुभूति गरायो । उद्घाटन कार्यक्रममा प्रदर्शित सङ्गीत र कला पनि नमूना नै लाग्यो । केन्द्रीय आधार इलाकाभित्र मालेमावादी विचार गीत, सङ्गीत, कला, नविन सिर्जना, हिम्मत र पौरख, त्याग, बलिदान र सौर्य बनेर जनताको दिल दिमागमा हुर्किरहेको पाइयो । एउटा बेग्लैपनमा, आºनै मौलिकतामा अनि आºनो छुट्टै विशेषतामा यो विचार सम्पूर्ण समस्याको समाधान बनेर सिस्ने र जलजलाबाट झुल्किरहेको पाइयो । मालेमाको प्रज्ज्वलित आलोकमा केन्द्रीय आधारइलाका विश्व सर्वहारावर्गकै आधारइलाका बनिरहेको पाइयो ।
३, भाद्र २०६३

जनयुद्धकालमा राेल्पाकाे घाेरानेटीमा निर्मित जननमुना अस्पतालकाे उद्घाटन कार्यक्रमकाे पाेटा ।