काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले एसईईको परीक्षा जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट संचालन गर्ने तालिका सार्वजनिक गरेको थियो । बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

यसअघि त्रिविले आफू र आफू मातहतका निकायहरुले सञ्चालन गर्ने सम्पूर्ण परीक्षा स्थगित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर