
काठमाडौं । काठमाडौं उपत्यकामा १९१२ सहित पछिल्लो २४ घण्टामा ३५ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा कोरोनाभाइरसको हटस्पट बनेको छ । काठमाडौँमा एकै दिन १५ सय ६७ जना संक्रमित भेटिएका छन् । त्यस्तै, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३०७ जना संक्रमित थपिएका छन् । काठमाडौँमा हाल ६४४ जना संस्थागत आइसोलेशन तथा ९४ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् ।
नेपालमा हाल काठमाडौँ उपत्यकाका तीन जिल्लासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर गरिएका मध्ये १३३३ जना महिला र २१०९ पुरुष रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।
देशभर २२ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये होमआइसोलेसनमा २० हजार ५३५, संस्थागत आइसोलेसनमा १ हजार ८९९, आईसीयूमा २६८ र भेन्टिलेटरमा ७९ रहेका छन् ।






























