काठमाडौं । कोरोना संक्रमणका कारण संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा करिव दुई सातादेखि उपचाररत उनकाे शनिबार बेलुकी निधन भएको हो ।

श्वासप्रश्वास सम्बन्धी समस्याले सिकिस्त उनको उपचारकै क्रममा  शनिबार बेलुका करिव ७ बजेतिर निधन भएको अस्पतालले जनाएकाे छ ।

उनको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भइरहेको थियो । सिद्धिकी पहिलो संविधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सभासद भएकी थिइन् ।

मुस्लिम महिलाको अधिकारका निम्ती उनी लामो समयदेखी संघर्षरत एक मात्र महिला हुन् । घरभित्रै सिमित रहने मुस्लिम महिलालाई बाहिर निस्केर बोल्न सक्ने बनाउनुमा उनकै योगदान रहेको चर्चा गरिन्छ । सिद्धिकीको मुस्लिम धार्मिक परम्परा अनुसार परिवार र नेपाली सेनाको समन्वयमा अन्त्येष्टी गरिने बताइएको छ ।

तीव्र रुपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । बितेको २४ घण्टाभित्र भेरी अस्पतालमा उपचाररत अन्य ६ जना संक्रमितको मृत्यु भइसकेको छ । मृतक सबै बाँकेवासी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर