
बैशाख १० कालीकोट ।
नेकपा (क्रान्तिकारी माओवादी)समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)कालीकोटको जिल्ला भेला जिल्ला अस्पत्ताल कालीकोटको हलमा सम्पन्न भएको छ । उक्त भेलामा कालीकोट जिल्ला सेक्रेटरी कर्णबहादुर विसिको विशेष उपस्थिति थियो भने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कर्णली प्रदेश संयोजक नेत्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । उक्त भेलाको अध्यक्षता लक्ष्मण विकले गरेका थिए ।
ज्ञात अज्ञात सहीदहरु प्रति एक मिनट मौनधारण गरी संचालन गरिएको भेलालाई सम्वोधन गर्दै कालीकोट जिल्ला सेक्रेटरी कर्णबहादुर विसिले देशको वर्तमान राजनीतिक अवस्था र एमसीसीवारे पार्टीको धारणा स्पष्ट पारेका थिए भने विद्यार्थी नेता नेत्रबहादुर शाहीले अखिलको रक्तिम झण्डामूनी आम विद्यार्थीहरुलाई गोलवन्द हुन आव्हान गरेका थिए ।
भेलाले ८ सदस्य पछि थप्नेगरी लक्ष्मण विकको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसमा लक्ष्मण विक अध्यक्ष र अन्य सदस्यहरुमा रविप्रसाद देवकोटा, निरीका बम, भीम आचार्य, रमेश तिरुवा, सपना बम, अञ्जु महतारा, लक्ष्मी पाण्डे, लाली बम, पदम विक, भीम केसी,नविन विक, उदेश तिरुवा रहेका छन् ।






























