क्रान्तिकारी ट्रेड युनियन महासंघका नवलपुर अध्यक्षकाे निधन, महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

प्रकाशित मिति : २०७७ चैत्र २३


काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका नवलपुर अध्यक्ष लाेकबहादुर क्षेत्रीकाे असामयिक रुपमा निधन हुन पुगेकाे छ । उहाँकाे साेमबार बिहान मनहरी चितवनमा हृदयघातका कारण निधन हुन पुगेकाे महासंघले जनाएकाे छ ।
२०२५ साल जेठ २ गते स्याङ्जाको वालिङमा जन्मनु भएका क्षेत्री नेपालकाे क्रान्तिकारी मजदुर आन्दोलनको एक जुझारु याेद्धा भएकाे महासंघले जनाएकाे छ । महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले जारी गरेकाे शाेक वक्तव्यमा नेता क्षेत्रीकाे निधनले क्रान्तिकारी मजदुर आन्दोलनमा अपुरणीय क्षति  पुगेकाे जनाउनु भएकाे छ ।

वक्तव्यमा शाेकसन्तप्त परिवारजनमा गहिराे समवेदना प्रकट गर्दै दिवंगत नेता क्षेत्रीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएकाे छ ।