पूर्वमा क्रान्तिकारी माओवादीले गठन ग¥यो ‘जनविद्रोह साँस्कृतिक परिवार’, १५ दिने साँस्कृतिक शिविर सञ्चालन

पूर्वमा क्रान्तिकारी माओवादीले गठन ग¥यो ‘जनविद्रोह साँस्कृतिक परिवार’, १५ दिने साँस्कृतिक शिविर सञ्चालन


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले पूर्वमा ‘जनविद्रोह साँस्कृतिक परिवार’ गठन गरेको छ । मंगलबार पार्टीको साँस्कृतिक संगठन अखिल नेपाल जनसाँस्कृतिक महासंघको एक भेलाले कलाकार सुशिल राईको संयोजकत्वमा जनविद्रौह साँस्कृतिक परिवार गठन गरेको हो । पार्टीका पीवीएम तथा १ नंं प्रदेशका इन्चार्ज मिनकुमारले दिएको जानकारी अनुसार मंगलबारै एक भेलाले वालकृष्ण राई आदर्शको नेतृत्वमा ९ सदस्यीय अखिल नेपाल जनसाँस्कृतिक महासंघको १ नं. प्रदेश कमिटि समेत निर्माण गरेको छ ।


प्राप्त समाचार अनुसार महासंघको भेला तथा १५ दिने साँस्कृतिक शिविरको पार्टीका स्थायी समिति सदस्य, प्रवक्ता तथा पूर्वी व्यूरो इन्चार्ज हरिभक्त कँडेल प्रतीकले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नुभएको थियो ।


मोरङ उर्लावारीको मंगलबारे स्थित धिमाल जाति विकास केन्द्रको भवनमा सुरु भएको १५ दिने साँस्कृतिक शिविरमा २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई बालकृष्ण राई आदर्श, पेमा लामा र सुशिल राईले गीत संगीत सम्बन्धी आवश्यकत तालिम तथा प्रशिक्षण दिइरहनु भएको छ ।

यसैबीच, क्रान्तिकारी माओवादीले १ नं. प्रदेशको विराटनगरमा एक भव्य जनसभाको आयोजना गरी जनआन्दोलन दिवस मनाउने तयारी गरेको छ । त्यही जनसभालाई समेत लक्षित गरेर शुरु गरिएको साँस्कृतिक शिविरबाट उत्पादित कलाकारहरुले (जनविद्रोह साँस्कृतिक परिवारले) चैत्र २४ को जनसभामा क्रान्तिकारी गीत संगीत प्रस्तुत गर्ने समेत तयारी रहेको बुझिएको छ ।