काठमाडाैं । अखिल नेपाल महिला संघ (क्रान्तीकारी)ले लुम्बिनी प्रदेशका रुपन्देही र कपिलवस्तु जिल्लामा एक हप्ते अभियान सञ्चालन गरेका छ । चैत्र ६ देखि जारी अभियानकाे क्रममा विभिन्न स्थानमा अनेमसंघ (क्रान्तिकारी)ले भेला मार्फत शाेषित उत्पीडित महिलाहरुलाई संगठित गरेकाे छ ।
संगठनकी केन्द्रीय अध्यक्ष अम्बिका मुडभरीकाे प्रमुख उपस्थितिमा सञ्चालित अभियानकाे क्रममा भएकाे एक भेलाले कपिलवस्तु जिल्ला भेला आयोजक समिति गठन गरेकाे छ । पवित्रा उप्रेतीकाे संयाेजकत्वमा, चन्द्रा गन्धर्ब, सिर्जना गन्धर्ब, अमृता गन्धर्ब, तुलसी कुवर, निशा गन्धर्व, सम्झना गन्धर्व, कनिज मिया, सिर्जना गन्धर्व  सदस्य रहेकाे ११ सदस्यी भेला आयोजक समिति गठन गरेकाे छ ।
त्यसैगरी चैत्र ७ गते देवदह नगरपालिकामा प्रशिक्षण सम्पन्न भएकाे छ ।
अध्यक्ष अम्बिका मुडभरी, केस निमकला पुन,पार्टी सेक्रेटरी बिनोद,नगर सेक्रेटरी ऋषीको सहाभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएकाे छ ।
त्यस्तै ८ गते बुटवलको मोतिगन्जमा भेला सम्पन्न भएकाे छ । संगठनकी अध्यक्ष मुडभरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले २१ सलस्यीय वडा कमिटि गठन गरेकाे छ । शान्ता खनालको सन्चालन, सेक्रेटरी बिनोद, कमला गौतम लगायतका नेताहरुकाे सहभागिता रहेकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर