
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय काेषाध्यक्ष तथा लुम्बिनी प्रदेशका संयाेजक पत्रकार रवि पाण्डेलाई मातृशाेक परेकाे छ ।
नेपाल पत्रकार महासंघका नवलपरासी शाखाका काेषाध्यक्ष, वर्दघाट दैनिक, स्थानीय साप्ताहिकका प्रकाशक /सम्पादक समेत रहेका रवि पाण्डेयकी ममतामयी आमा पार्वतीदेवी पाण्डेयकाे ६२ बर्षकाे उमेरमा निधन भएकाे छ ।
फाेक्साेमा निमाेनिया भएर काठमाडौंकाे सिनामंगलस्थित केएमसी अस्पतालमा सघन कक्षमा उपचारकाे क्रममा सुधार नआएपछि चिकित्सककाे सल्लाह बमाेजिम घर लैजाने क्रममा बाटाेमा निधन भएकाे पत्रकार पाण्डेले जानकारी दिनुभयाे । उहाँकाे आजै त्रिवेणी घाटमा अन्त्यष्टी गरिने छ ।
दिवंगत पार्वतीदेवीका दुई छाेरा र चार छाेरी हुनुहुन्छ । पत्रकार पाण्डे जेठाे छाेरा हुनुहुन्छ ।






























