
इटहरी/ रणनैतिक संयुक्त मोर्चाले १न.प्रदेशको इटहरीमा मंगलबार बृहत् जनसभा भव्य रुपमा सम्पन्न गरेको छ । जनसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीकले सम्बाेधन गर्दै ओली असफल हुनु भनेको सत्ता र संसदीय व्यवस्था असफल हुनुका साथै समग्रमा विश्व साम्राज्यवाद असफल भएको बताउनु भयो । उहाँले मोर्चा निर्माण गर्नुका कारण र उद्देश्यका बारेमा प्रष्ट पार्दै मोर्चा सम्बद्ध दलहरु पार्टी एकता सम्म अगाडि बढ्ने र संघीय जनगणतन्त्र /बैज्ञानिक समाजवाद प्राप्तिको लागि सच्चा क्रान्तिकारीहरु एक हुनु पर्नेमा जाेड दिनुभयो । डबल नेकपाका दुबै समूहले पञ्च र्याली गरेर शक्ति प्रदर्शन गरेको प्रसंग उल्लेख गर्दै उहाँले संसद पुनर्स्थापना वा चुनाव जे भए पनि देश र जनताले मुक्ति नपाउने दाबी गर्नुभयाे ।
प्रदेश इन्चार्ज तथा पोलिट ब्युरो सदस्य मीन कुमार राउतको सभापतित्वमा सम्पन्न भएको उक्त सभामा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले बिदेशी दलालहरुले एमसीसी पास गरी देशलाइ उपनिबेश बनाउने खेलमा लागेकोले अब मोर्चाले प्रतिरोध संघर्ष चलाउनु पर्ने बताउँदै संघीय जनगणतन्त्र र बैज्ञानिक समाजवादको निर्माणको दिशातिर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
त्यसैगरी वैज्ञानिक समाजवादी पार्टीका संयोजक हरिभक्त दुलाल”आहुती”ले सरकारले प्रतिबन्धित पार्टी नेकपा बिप्लबलाई लक्षित गरि बनाएको बार्ता टोलीको प्रसंग उल्लेख गर्दै प्रतिबन्ध फुकुवा गरे पछि मात्र त्यो दलसित बार्ता गर्न सकिन्छ होइन भने सरकारले नाटक गरेको देखिने बताउनु भयो । उहांले पार्टी माथि प्रतिबन्ध लगाउन अहिलेको संबिधानले कल्पना समेत गरेको छैन, त्यसैले प्रतिबन्ध लगाउनु भनेको नागरिकता खोस्नु सरह हो, भन्नु भयो । उहाँले चुनावको बेला हात जोडेर आउने तर भोट दिइसके पछि लात मार्ने दलाली ब्यवस्था मान्य नहुने भएकोले संघीय जनगणतन्त्र र वैज्ञानिक समाजावादी ब्यबस्था अपरिहार्य भएको बताउनु भयो ।
त्यसैगरि नेतृ धिरेन्द्र कुमारी उपाध्य”भृकुटी “ले बर्तमान राज्यसत्ता फासिवादी शैलीमा उत्रिएकोले यो सत्ता उल्टाएर जनवादी ब्यवस्था ल्याउनु पर्ने बताउनु भयो । उहाँले सबैखाले असमनता,भेदभाव र भ्रष्टाचार अन्त्यका लागि संघीय जनगणतन्त्र र बैज्ञानिक समाजवाद प्राप्तिको लागि कुरुवानी गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरि उक्त सभालाई शुभकामना मन्तव्य दिने क्रममा स्वतन्त्र बाम बुद्धिजीवी महेश बस्नेतले कम्युनिस्टको नाममा आएका धोकेबाजहरुले देश डुबाएको बताउनु भयो भने अर्का मधेश राष्ट्रिय मुक्ति मोर्चा तथा मधेश आन्दोलनका युवा नेता महेश यादवले मधेशमा हुने सबैखाले असमनता अन्त्यका लागि संघीय जनगणतन्त्र आवश्यक रहेको बताउनु भयो ।
उक्त कार्यक्रमको संचालन बैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य गोकुल चाम्लिङले गर्नु भएको थियो । उक्त कार्यक्रममा सन्थाल जातिको झांकी समेत प्रस्तुत गरिएको थियो ।
जनसभा हुनु पुर्ब विभिन्न नारा लगाउंदै विशाल र्यालीले इटहरी नगर परिक्रमा गरेको थियो ।





























