नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा प्युठान नगरपालिका–१, खैरा गाँजुरी निवासी कलादेवी पोखरेलको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा प्युठान नगरपालिका–१, खैरा गाँजुरी निवासी कलादेवी पोखरेलको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

फागुन ११ प्युठान ।

नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य धनेश्वर पोखरेलकी आमा कलादेवी पोखरेलको यही फागुन १० गते राती ८७ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा भावपूर्ण श्रद्धाञ्जली व्यक्तगर्दै श्रद्धाञ्जली–वक्तव्य प्रकाशित गरिएको छ, जसको पूर्णपाठ तल दिइएकोछ ः

श्रद्धाञ्जली–वक्तव्य
२०७७ फागुन ११ गते प्युठान जिल्लाको प्युठान नगरपालिका–१, खैरा गाँजुरी निवासी कलादेवी पोखरेलको ८७ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ हाम्रो पार्टीका पोलिटब्यूरो सदस्य क. धनेश्वर पोखरेलकी आमा हुनुहुन्छ । उहाँका ५ छोरी तथा ज्वाइँँ, ५ छोरा तथा बुहारी, नाती–नातिना, पनाती–पनातिना रहिआउनु भएको छ । हामी उहाँको निधनबाट निकै दुःखित भएका छौँ । उहाँले नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनमा राम्रो सहयोग गर्दै आउनु भएको थियो । सिङ्गो परिवारमा कम्युनिस्ट वातावरण निर्माण गर्नमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ । हाम्रो पार्टी नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनमा सहयोग गर्दै आउनु भएकी कलादेवी पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यस दुःखद क्षणमा पोलिटब्यूरो सदस्य क. धनेश्वर पोखरेल सहित सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
मिति ः फागुन ११, २०७७
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)