विघटित प्रनिनिधि सभा पुनःस्थापना

प्रकाशित मिति : २०७७ फाल्गुन ११

फागुन ११ काठमाडौं । 

आज २०७७ फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन मुद्दामा विघटित प्रनिनिधि सभा पुनःस्थापनाको फैसला सुनाएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराद्वारा वाचन गरिएको फैसलामा आगामी १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

प्रधान न्यायाधीशसहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले प्रतिनिधि पुनःस्थापना गर्ने निर्णय गरेको हो ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, तेजबहादुर केसी, सपना मल्ल प्रधान र विश्वम्भर श्रेष्ठ रहेका छन् । पाँचै न्यायाधीशले सर्वसम्मत फैसला सुनाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गर्दै आगामी २०७७ वैशाख १७ र २७ गते नयाँ निर्वाचन गर्ने घोषणा गरेका थिए ।

उक्त निर्णय विरूद्ध सर्वोच्च अदालतमा १३ रिट दर्ता भएका थिए । ती रिटमाथि संवैधानिक इजलासमा पुस ८ गतेदेखि सुनुवाइ सुरु भएको थियो ।