
१ फाल्गुन दैलेख । २६औ जनयुद्ध दिवस नेकपा (क्रान्तिकारी माओवादी)ले दैलख जिल्ला समितिको आयोजनामा नारा जुलुस सहीत वजार परिक्रमा गरि भव्य रुपले मनाएको छ । जुलुस दैलेखको भोटेचौतराबाट सुरु भई मध्यपहाडी राजमार्ग चौतरा हुंदै नगरपालिकाको कार्यालय अगाडि पुगेर आमसभामा परिणत भएको थियो । उक्त आमसभामा मानिसहरुको सहभागिता उल्लेख्य रहेको थियो ।

उक्त आमसभाको अध्यक्षता दैलेख जिल्ला सेक्रेटरी अशोकले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला पार्टी सदस्य पूर्ण गुरुंग र सञ्चालन कर्ण शाहीले गरेका थिए । नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण गुरुंग आसमानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त आमसभाको अन्य अतिथिहरुमा प्रदेश समिति सदस्य मदन शाही प्रभात, राजबहादुर शाही र छत्र तारामी रहेका थिए ।

नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण गुरुंग असमानले आमसभालाई सम्वोधन गर्दै यो संसदीय व्यवस्था असफल भएकाले यसको विकल्पको रुपमा पार्टीले संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्षको आव्हान गरेकोमा आम जनता अव उनीहरुको उन्वल भविश्यको सुनिस्चिताताको लागि पार्टीले आव्हान गरेको संघर्षमा लामवद्ध हुन आव्हान गरेका थिए भने अन्य वक्ता –अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिमाल शाही, प्रदेश समिति सदस्य मदन शाही प्रभातले पनि आम सभालाई सम्वोधन गरेका थिए ।































