डबल नेकपाका दुवै गुट नक्कली कम्युनिस्ट हुन् : हरिभक्त कँडेल

डबल नेकपाका दुवै गुट नक्कली कम्युनिस्ट हुन् : हरिभक्त कँडेल


विराटनगर । नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिती सदस्य तथा प्रवक्ता हरिभक्त कडेंल “प्रतीक”ले डबल नेकपाका दुबै गुट नक्कली कम्युनिस्ट भएको ठोकुवा गर्नुभयाे । बिराटनगरमा भएको २६औं जनयुद्ध दिबसको कार्यक्रमलाई सम्बाेधन गर्दै क्रान्तिकारी माओवादीको १नम्बर प्रदेश कमिटीको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रबक्ता प्रतिकले जनयुद्धको नाम भजाउने प्रचण्ड र झापा आन्दोलनको नाम भजाउने केपि ओलि दुबै लाल गद्दारहरु प्रतिक्रियावादमा परिणत भएको बताउनु भयो ।त्यसैगरी उहांले बर्तमान संसदीय ब्यवस्था असफल प्रमाणित भएकोले अब जनयुद्धको भावना अनुरुप संघीय जनगणत्र स्थापना गर्न बलिदानी संघर्षको खाँचाे आैल्याउनु भयो ।
  त्यसै गरि उक्त कार्यक्रममा पार्टी पोलिट ब्युरो सदस्य एबं प्रदेश इन्चार्ज मीन कुमार राउतले १०बर्से जनयुद्धलाई प्रचण्डले धोका दिएको र प्रतिक्रान्तिकारीको भुमिका निभाएकोले  अब अधुरो क्रान्तीलाई पूरा गर्न नयाँ जनबादी क्रान्ती मार्फत संघीय जनगणतन्त्र स्थापना गर्नु पर्ने बताउनु भयाे । दलाल र भ्रष्ट संसदीय व्यवस्थालाई तत्काल खारेज गरेर नयाँ जनवादी व्यवस्था स्थातपित गर्ने राम्राे परिस्थिति तयार भएकाे जिकिर गर्नुभयाे ।  त्यसैगरी उक्त कार्यक्रममा सुनसरी सेक्रेटरी पेमा लामाले स्वागत मन्तब्य दिनु भएको थियो भने शुभकामना मन्तब्य दिनेहरुमा क्रमश:झापा सेक्रेटरी हरि भक्त गौतम ,उदयपुरबाट लिल ब.बि.क.,अखिल नेपाल किसान संघ क्रान्तिकारिका हिम मिश्र ,अखिल नेपाल जनजाती महासंघका प्रदेश अध्यक्ष गौरब राई, क्रान्तिकारी युवा लिगका रबिन लिम्बू,अखिल नेपाल शिक्षक महासंघका महासचिब उमानाथ ढकाल,क्रान्तिकारी पत्रकार महासंघ प्रदेश संयोजक मधुकर थापा ,अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष बालकृष्ण बुढाथोकी ,अखिल क्रान्तिकारीका डबल काफ्ले,पार्टी के.स.द्वय बिमल र मनोजले बोल्नु भएको थियो ।
    प्रदेश सेक्रेटरी सितारामको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन मोरङ सेक्रेटरी बादलले गर्नु भयको थियो ।उक्त जनयुद्ध दिबस कार्यक्रममा मोरङ,सुनसरी,झापा र उदयपुरका प्रदेश तथा जिल्लास्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
          जनसभा सुरु हुनु अघि दलाल संसदीय ब्यबस्था मुर्दावाद,संघीय जनगणतन्त्र स्थापना गरौं,लाल गद्दार  मुर्दाबाद लगायत गगन भेदी नारा लगाउंदै बिराटनगरका विभिन्न भागमा जुलुस प्रदर्शन गरिएको थियो ।
     त्यसैगरी १न प्रदेशको भोजपुरको षडानन्द नगरपालिका -११को झ्याउपोखरिमा  मशाल जुलुश र कोणसभा गरियको छ ।उक्त कार्यक्रममा केन्द्रीय सदस्य डिल्ली राम बोहोराले बोल्नु भएको थियो भने खोटाङको सदरमुकाम दिक्तेलमा पनि शुभकामना आदन प्रदान गरिएको कार्यक्रममा केन्द्रीय सदस्य सुनिल पोख्रेल र केन्द्रिय सल्लाहकार देबी रिजालले  जानकारी  दिनुुभयाे ।  ओखलढुंगामा पनि अन्तरक्रिया कार्यक्रम गरि जनयुद्ध मनाइएको छ ।