
माघ २९ जाजरकोट ।
नेकपा (क्रान्तिकारी माओवादी) र अनेरास्ववियु क्रान्तिकारीको आयोजनानामा यही माघ २९ गते जाजरकोट जिल्लाको थाप्ले बजारमा भागीरथी बलात्कार पछिको हत्याको विरोधमा कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज दिपक बहादुर शाही, जाजरकोट जिल्लाको पार्टी सचिव राजन , अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपक खड्का लगायत विभिन्न जवस प्रतिनिधि र आम जनसमुदायको उपस्थिति रहेको थियो ।






























