
माघ २८ काठमान्डौ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार समितिका सदस्य दैलेख जिल्ला निवासी जयबहादुर शाहीलाई केपी ओलीको सरकारले गरेको गिरफ्तारी र जेल चलान विरुद्ध उक्त संगठनका केन्द्रीय अध्यक्ष प्रा. डा. ओम गुरुङव्दारा उहाँको सिघ्र रिहाईको माग गर्दै निम्नअनुसार प्रेस वक्तब्य प्रकाशित गरिएको छ ः
प्रेस वक्तब्य
केपी ओलीको सरकारले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार समितिका सदस्य दैलेख जिल्ला निवासी क. जयबहादुर शाहीलाई एकचोटी टुंगिसकेको जनयुद्धकालीन मुद्दा उल्टाएर पुनः गिरफ्तार गरी जेल चलान गरेको घटना प्रति पार्टी केन्द्रीय सल्लाहकार समितिको गम्भीर ध्यानाकर्षण भएको छ । जनयुद्दकालिन राजनीतिक मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुङ्ग्याउनु पर्नेमा अदालती प्रक्रियामा लगी थुनामा राख्नु कुनैपनि हालतमा न्याय सम्मत हुन सक्दैन । अतः हामी क. जयबहादुर शाहीको अबिलम्ब रिहाईको माग गर्दछौ ।
प्रा. डा. ओम गुरुङ
केन्द्रीय अध्यक्ष
नेकपा (क्रान्तिकारी माओवादी), केन्द्रीय सल्लाहकार समिति





























