सोलुखुम्बु–काठमाण्डौ जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च पुनर्गठनं

सोलुखुम्बु–काठमाण्डौ जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च पुनर्गठनं


माघ १० काठमान्डौ,
सोलुखुम्बु–काठमाण्डौ जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च पुनर्गठन गरिएको छ । माघ १० गते शनीवारका दिन काठमाण्डौमा सम्पर्क मञ्चले एक कार्यक्रमको आयोजना गर्दैे दिपक थापा संयोजक र रबिन राई सहसंयोजक रहेको १५ सदस्य सम्पर्क मञ्च गठन गरेको छ । कार्यक्रममा सम्पर्क मञ्चका संयोजक बिष्णु खडका, सचिब धर्म बि सि र गणेश धिमिरे, अर्जुन बोगटि लगाएतका नेताहरूको उपस्थिति रहेको थियो । साथै मञ्चका नेताहरूले समसामयिक राजनैतिक बिषयमा प्रशिक्षण समेत दिनु भएको थियो ।

उक्त कार्यक्रमलाई प्रदेश न १ का संयोजक गणेश घिमिरेले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रममा मञ्चका सम्योजक बिषणु खडका प्रमुख अतिथि र धर्म बि सि अतिथि हुनुहुन्थ्यो । कार्यक्रमलाई अर्जुन बोगटिले सञ्चालन गर्नु भएको थियो । नब गठित संयोजक दिपकले प्रतिबद्धता मन्तब्य राख्दै पार्टिले दिएको जिम्बेवारि ईमान्दारितापूर्बक कार्यान्वयन गर्ने र आगामि यात्रा पूर्ण रूपमा बर्गसंघर्षमा होमिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।